Sunday 4th October 2026

भारतको उत्तर प्रदेश बस दुर्घटनामा १८ जनाको मृत्यु


भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा-लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा १४ पुरुष, ३ महिला र एक बालक रहेका छन् । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मारिएका प्रति समवेदना प्रकट गर्दै सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने उनको घोषणा छ ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...