Thursday 10th September 2026

इरानमा सुधारवादी नेता डा. मसुद पेजेस्कियान राष्ट्रपति निर्वाचित


इरानमा सुधारवादी नेता डा. मसुद पेजेस्कियानले आफ्ना कट्टरपन्थी प्रतिद्वन्द्वी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार जलिलीलाइ झण्डै ३० लाख बढी मतले पराजित गरेका हुन् ।

गत जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् । त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान ४० प्रतिशत थियो।

राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना कट्टर प्रतिद्वन्द्वी सइद जलिलीविरुद्ध चुनावी प्रतिस्पर्धामा विजयी घोषित भएपछि आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा सबै इरानीहरूलाई सेवा गर्ने वाचा गरेका छन्।

शनिबार इरानको राजधानी तेहरानबाट बोल्दै पेजेस्कियानले आफ्नो विजयले देशका लागि “नयाँ अध्यायको सुरुवात” हुने बताए।

यसअघिका राष्ट्रपति इब्राहिम रइसीको मे महिनामा एक हेलिकप्टर दुर्घटनामा परेर अन्य कैयौँसहित मृत्यु भएपछि नयाँ निर्वाचन भएको हो।

नयाँ राष्ट्रपतिले अागामी महिना कार्यभार सम्हाल्ने भएका छन् । मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्र इरानको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्ने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएका छन् । यसैबिच इरानी पत्रपत्रिकाले आइतबार पहिलो पृष्ठमा पेजेस्कियनको फोटोहरू प्रकाशित गरेर नवनिर्वाचित राष्ट्रपतिको नेतृत्वमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...