Friday 11th July 2025

इरानमा सुधारवादी नेता डा. मसुद पेजेस्कियान राष्ट्रपति निर्वाचित


इरानमा सुधारवादी नेता डा. मसुद पेजेस्कियानले आफ्ना कट्टरपन्थी प्रतिद्वन्द्वी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार जलिलीलाइ झण्डै ३० लाख बढी मतले पराजित गरेका हुन् ।

गत जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् । त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान ४० प्रतिशत थियो।

राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना कट्टर प्रतिद्वन्द्वी सइद जलिलीविरुद्ध चुनावी प्रतिस्पर्धामा विजयी घोषित भएपछि आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा सबै इरानीहरूलाई सेवा गर्ने वाचा गरेका छन्।

शनिबार इरानको राजधानी तेहरानबाट बोल्दै पेजेस्कियानले आफ्नो विजयले देशका लागि “नयाँ अध्यायको सुरुवात” हुने बताए।

यसअघिका राष्ट्रपति इब्राहिम रइसीको मे महिनामा एक हेलिकप्टर दुर्घटनामा परेर अन्य कैयौँसहित मृत्यु भएपछि नयाँ निर्वाचन भएको हो।

नयाँ राष्ट्रपतिले अागामी महिना कार्यभार सम्हाल्ने भएका छन् । मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्र इरानको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्ने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएका छन् । यसैबिच इरानी पत्रपत्रिकाले आइतबार पहिलो पृष्ठमा पेजेस्कियनको फोटोहरू प्रकाशित गरेर नवनिर्वाचित राष्ट्रपतिको नेतृत्वमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

प्रतिकृयाहरू
...