Thursday 1st October 2026

किअर स्टार्मर बने बेलायतका नयाँ प्रधानमन्त्री


बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर सत्तामा आएको हो । लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरको लिडरसीपमा उक्त पार्टीले सन् १९९७ मा ऐतिहासिक ४१८ सिट जितेको थियो ।

यसपटक लज्जास्पद हार बेहोरेको सत्तारुढ कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार बकिङ्घम प्यालेसमा राजा चार्ल्ससमक्ष आफ्नो राजीनामा बुझाएपछि राजाले स्टारमरलाई प्रधानमन्त्री नियुक्त गर्दै अर्को सरकार बनाउन आमन्त्रित गरेका थिए ।

सत्तारुढ कन्जरभेटिभले पार्टी इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ, जसले १२१ सिटमात्र जित्यो । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभले ३६५ सिट ल्याएको थियो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...