वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विभिन्न देशका सरकारी कार्यालय, अस्पताल, विद्यालय र अन्य संस्थाका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका छन्। सम्भावित साइबर आक्रमणबाट बच्न र प्रणाली सुरक्षित बनाउन युरोपका धेरै देशले आफ्ना अनलाइन सेवामा…
साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई बीचमै रोकेपछि त्यसको भग्नावशेष खसेर तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। त्यसै घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका हुन्। मृत्यु हुने…
गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय संसद् (नेसेट) चयन गरिनेछ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आफ्नो लिकुड पार्टीसहित पुनः सत्तामा फर्किने प्रयासमा छन्। तर विपक्षी दलहरूले उनको लामो शासनको अन्त्य गर्न संयुक्त रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। हालका सर्वेक्षणअनुसार…
काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६ अक्टोबर २० मा अघि बढाइएको यो कदमले तीन देशबीचको सुरक्षा तथा सैन्य सहकार्यलाई औपचारिक रूपमा अघि बढाउने प्रक्रिया सुरु गरेको छ। सम्झौताको उद्देश्य कुनै एक सदस्य राष्ट्रमाथि सशस्त्र आक्रमण भए…
दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार दुर्घटनापछि सञ्चालन गरिएको खोजी तथा उद्धार कार्य सोमबार राति सम्पन्न भएको छ। सान्ता बार्बरा डे इस्कुआन्डे नगरनजिक भएको दुर्घटनामा…
पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा ४८ जना सर्वसाधारणको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार महिला, बालबालिका र वृद्धवृद्धासमेत आक्रमणका पीडित बनेका छन्। स्थानीय स्रोतहरूका अनुसार उग्रवादीहरू आइतबार रातिदेखि सोमबार बिहानसम्म मोटरसाइकलमा विभिन्न गाउँमा पुगेका थिए।…
अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले दिएको जानकारीअनुसार आक्रमणहरूमा बालबालिकासहित ठूलो सङ्ख्यामा सर्वसाधारण नागरिक प्रभावित भएका छन्। सुडानको राजधानी खार्तुममा सोमबार भएको ड्रोन आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको ‘इमर्जेन्सी लयर्स’ नामक नागरिक निगरानी समूहले जनाएको छ।…
काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५ गते तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। महानगरपालिकाका अनुसार फेस्टिभलको शुभारम्भ कात्तिक १३ गते ऐतिहासिक वसन्तपुर क्षेत्रमा आयोजना हुने सम्पदा यात्राबाट गरिनेछ। फेस्टिभल अवधिभर राष्ट्रिय सभागृह, नेपाल पर्यटन बोर्ड,…
मध्यपूर्वमा तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानमाथि आर्थिक र सैन्य दबाब कायम राखिरहेको बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस द्वन्द्वमा प्रत्यक्ष हस्तक्षेप नगरेको टिप्पणी गरेका छन्। यता, इरानको रिभोलुसनरी गार्ड (IRGC) का प्रवक्ताले अमेरिकाको आक्रमणले इरानको सुरक्षामा असर पुगेमा हर्मुज जलडमरूमध्यका समुद्रमुनिका सञ्चार केबलहरूलाई…
यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको समाचार सार्वजनिक भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले दुई सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त विवरण दिएको हो। समाचारअनुसार, आक्रमणमा शबवा प्रान्तस्थित अलम सैन्य शिविरलाई निशाना बनाइएको थियो।…
![]()