Friday 13th March 2026
विविध
Image

तितोपाटी- नेपालि तथा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको अवसरमा कुवेतस्थित नेपालि दुतावास आज भोली र पर्सी, बन्द रहने भएको छ। दुतावासले एक सुचना प्रकासित गर्दै अक्टोबर ७, ८, र ९ तारिख बिदा रहने जनाकारी दिएको छ। त्यस्तै १० तारिख अर्थात् बिहिवारको दिन देखी खुला हुने सुचनामा उल्लेख छ।

Image

तितोपाटी- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको…

Image

तितोपाटी- संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघ का प्रदेश- १ समितिका अध्यक्ष श्री सुब्बालाई धरान प्रहरीले पक्राउ गरेको छ । धरान १५ स्थित वगरकोटमा शुक्रबार राति होटलमा मादक पदार्थ सेवन गरी हो हल्ला गरिरहेकाे अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी बगरकोटस्थित…

Image

तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्। भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन…

Image

तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा भेटिएकी सिन्धुपाल्चोककी सुमित्रा विक कुवेत आएको ४ वर्ष भयो। कुवेतबाट दसैं मनाउनका लागि फर्किएकी उनले टिभीलगायत सामान कुवेतबाट ल्याएकी छिन्। 'घरमा आमाबुबाको लागि टिभीलगायत केही खत्र्याकखुत्रुक सामान लिएर आएकी छु,' मुस्कुराउँदै उनले सुनाइन्। गार्मेन्ट कम्पनीमा भनेर कुवेत आएकी उनी घरमा क्लिनरको रुपमा काम गर्न…

Image

तितोपाटी- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती…

Image

तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण…

Image

तितोपाटी-युएईको दुवईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ६ नेपाली सहित ८ जना स्थानीय एक विद्यालयमा सफाई श्रमिकका रुपमा कार्यरत रहेको थिए । उनीहरु वार्का क्षेत्रको एक विद्यालयका कामदार रहेको जनाइएको छ । दुवईको मोहम्मद वीन जायाद रोडमा भएको मिनिबस दुर्घटनामा ति श्रमिकले ज्यान गुमाएका थिए । ति श्रमिक कार्यरत विद्यालयका…

Image

तितोपाटी-कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ। शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दियो। उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती महिलाले…