Tuesday 23rd June 2026

एनआरएनए मध्यपूर्व संयोजक पदमा कुवेतबाट सुजन केसि खत्रीको उम्मेदवारी


गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि सुजन केसी खत्रीले उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय समन्वय परिषद् कुवेतका संस्थापक, पूर्व अध्यक्ष तथा आइसीसी सदस्य रहिसकेका केसीले अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएको कुरा कुवेतमा रहेका एनआरएन अभियन्ता, वैचारिक भातृ संगठनका पदाधिकारी तथा पत्रकार महासंघका पदाधिकारीबीच हिजो आयोजित एक साक्षात्कार कार्यक्रममा सार्वजनिक गरेका हुन्।


उम्मेदवारी घोषणा गर्दै उनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकका समस्या समाधान, अधिकार संरक्षण तथा अवसर विस्तार गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताए। दुई दशकभन्दा लामो समयदेखि कुवेतमा रहेर एनआरएनए लगायत विभिन्न संघ–संस्थाको नेतृत्व गरिसकेका समाजसेवी एवं सफल युवा व्यवसायी खत्रीले एनसीसी कुवेतलाई सबैको साझा संस्था बनाउन स्थापना कालदेखि नै निरन्तर योगदान दिँदै आएका छन्।

एनसीसी कुवेतको अध्यक्ष तथा आइसीसी सदस्य रहँदा सफल कार्यकाल पूरा गरेका खत्री नेपाल पत्रकार महासंघ कुवेतका पूर्व अध्यक्ष समेत हुन्। उनको सबैसँग मिल्न सक्ने स्वभाव तथा जस्तोसुकै कठिन परिस्थितिको पनि सहज रूपमा सामना गर्ने क्षमताका कारण उनलाई मध्यपूर्व संयोजक पदका लागि प्रबल दाबेदारका रूपमा अघि बढाउन कुवेतको नेपाली समाज एकढिक्का भएर समर्थन गर्ने प्रतिबद्धता साक्षात्कार कार्यक्रममा वक्ताहरूले व्यक्त गरेका छन्।

खत्रीले सधैं अरूका लागि भोट बैंक हुने नभएर मध्यपूर्वमा रहेका प्रवासी नेपालीहरूको अधिकार संरक्षण तथा उनीहरूको लगानी सुरक्षित बनाउन आफै नेतृत्वमा जान लागेको बताउँदै यहाँका नेपालीहरूलाइ एकताबद्ध गर्दै सामूहिक आवाज बलियो बनाउने र प्रवासी नेपालीको हकहितका लागि प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

स्मरण रहोस्, एनआरएनएको १२औँ विश्व एकता अन्तर्राष्ट्रिय महाधिवेशन भौतिक तथा अनलाइन दुवै माध्यमबाट सञ्चालन गरिने तयारी भइरहेको छ। उम्मेदवारी पनि भौतिक तथा अनलाइन दुवै माध्यमबाट दिन सकिने भएपछि मध्यपूर्व संयोजक पदका लागि कुवेतबाट सुजन केसी खत्रीले उम्मेदवारी दिएका छन् भने अनलाइनमार्फत संयुक्त अरब इमिरेट्समा रहेका रमेश श्रेष्ठले पनि सोही पदमा उम्मेदवारी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...