Friday 19th June 2026

गुण्डागर्दीमा संलग्न भएको आरोपमा समाजवादी युवा संघका प्रदेश अध्यक्ष समातिए


तितोपाटी- संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघ का प्रदेश- १ समितिका अध्यक्ष श्री सुब्बालाई धरान प्रहरीले पक्राउ गरेको छ ।
धरान १५ स्थित वगरकोटमा शुक्रबार राति होटलमा मादक पदार्थ सेवन गरी हो हल्ला गरिरहेकाे अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी बगरकोटस्थित भेण्डेज लाउज सञ्चालक तथा कर्मचारीलाई दुर्व्यवहार गरेकाे उजुरी परेपछि त्यहाँ पुगेका प्रहरीलाई समेत उनले दुर्व्यवहार गरेका थिए । साेही कारण सुब्बालाई शुक्रबार राति नै पक्राउ गरिएको इलाका प्रहरी धरानका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
सुब्बा लामो समयदेखि गुण्डागर्दी तथा असुलीमा संलग्न रहेको मौखिक उजुरी परेपछि उनी खोजीको सुचीमा रहेकाे प्रहरी नाउव उपरिक्षक न्यौपानेले बताए ।
‘सुब्बा विरुद्ध हामीकहाँ व्यापारीहरुलाई धम्क्याएर चन्दा असुली गर्देै आएको मौखिक उजुरी परेको थियो,’ उनले भने ‘सुब्बा लाई हामीले पहिलेदेखि नै खोजी गरिरहेका थियाैँ।’
सुब्बा यसअघि ०६५ सालमा ज्यान मुद्दामा ६ वर्ष कैद भुक्तान गरेर आएका थिए भने ०७५ सालमा अभद्र व्यवहारमा मुद्दा चली १०हजार धरौटीमा छुटेका थिए । यसैगरी उनी ०७५ मै सवारी अंगभंग मुद्दामा पनि १ लाख धरौटीमा रिहा भएका थिए । राजनीतिकआडमा सुबाले लामो समयदेखि धरानमा गुण्डागर्दी र असुलीमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

साभार न्युज २४ नेपाल


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...