Thursday 10th September 2026

सांगीतिक कार्यक्रमको लागी जीवन शर्मा र जितु नेपाल भोली दिउसो ३:३० मा कुवेत आइपुग्ने


तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ।

उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण हुने भएका छन्।

नेपालीहरुको महान चाड बिजया दशमीको अवसर पारेर हुन गईरहेको उक्त सांगीतिक कार्यक्रममा नेपालबाट अथिति कलाकारको भव्य प्रस्तुति रहने भएको छ, भने सोहि कार्यक्रमका लागी निमन्त्रित अथिति कलाकारलाई स्वागतको लागी कुवेतमा, क्रियासील संघ संस्था पत्रकार,खेलाडी लगायत बुद्धिजीवी सम्पूर्णमा समयमै उपस्थित भइदिन, समाजका अध्यक्ष माधव पौडेलले अनुरोध गरेका छन्।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...