Monday 12th October 2026

महरामा स्वास्थ्य समस्या, हिरासत कक्षमै अक्सिजन


तितोपाटी- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ।
प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हाे।सोही राति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ। प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो।प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भएको थियो। किटानी जाहेरीपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य जाँच गरी अनुसन्धान अघि बढाएको हाे।
प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।तर दुवैको रिपोर्ट आयाे/आएन भन्नेबारे प्रहरीले कुनै जानकारी दिएको छैन।
साभार-नेपाल खबर


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...