Monday 28th September 2026

दुवई दुर्घटनामा ज्यान गुमाउने नेपाली ‘बालबालिकाका साथी’


तितोपाटी-युएईको दुवईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ६ नेपाली सहित ८ जना स्थानीय एक विद्यालयमा सफाई श्रमिकका रुपमा कार्यरत रहेको थिए । उनीहरु वार्का क्षेत्रको एक विद्यालयका कामदार रहेको जनाइएको छ ।

दुवईको मोहम्मद वीन जायाद रोडमा भएको मिनिबस दुर्घटनामा ति श्रमिकले ज्यान गुमाएका थिए । ति श्रमिक कार्यरत विद्यालयका एक अभिभावकलाई उधृत गर्दै गल्फ न्यूजले ति श्रमिकलाई बालबालिकाका साथि भनेर लेखेको छ ।

एक ट्रकमा पछाडी पट्टी गएर ठोक्किएको सो मिनिवसमा चालक सहित १४ जना थिए । दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भनें दुईजना गम्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु भएका नेपालीमा दानबहादुर सत्याल, दीपक विक, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, रमेश चौधरी र नयराम साउद रहेका छन् ।

साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...