Thursday 29th October 2026

भारतमा पहिलो पटक इच्छा मृत्युको अनुमति


भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत अबस्थामा रहेका क्वाड्रिप्लेजियाबाट पीडित हरीश राणाको मामिलामा यस्तो फैसला सुनाएको हो । सर्वोच्च अदालतले यो फैसला हरीशका आमा निर्मला राणा र बुवा अशोक राणाको इच्छा मृत्युको अनुमति दिन माग गर्दै दायर गरिएको अपिलमा सुनाएको हो ।

उनी दिल्लीस्थित एम्स अस्पतालमा जीवनरक्षक प्रणाली भेन्टिलेटर तथा खाना खुवाउने नलीमा निर्भर थिए। अदालतले बाह्य जीवनरक्षक उपचार रोक्ने वा हटाउने अनुमति दिइ बिरामीको प्राकृतिक मृत्युको अनुमति दिएको हो ।

यो फैसला भारतमा निष्क्रिय इच्छा मृत्यु कानुनी रूपमा मान्यता पाएको पहिलो घटना हो। यसले चिकित्सा नैतिकता, मानव अधिकार, र परिवारको पीडालाई सम्बोधन गर्न नयाँ बाटो खोलेको छ । हरीशको मामिला केवल व्यक्तिगत पीडा मात्र होइन, समाजलाई जीवन र मृत्युबारे गहिरो प्रश्न सोध्ने अवसर पनि बनेको छ।

यसले भविष्यमा गम्भीर रोग वा दीर्घकालीन कोमामा रहेका बिरामीहरूको हक र विकल्पबारे कानुनी तथा सामाजिक बहसलाई अझै बलियो बनाउने सम्भावना छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

प्रतिकृयाहरू
...