Wednesday 30th September 2026

आज सप्तमी अर्थात् फूलपाती


तितोपाटी- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ।
घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ। हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।
परापूर्वकालमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेको किंवदन्ती छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...