Friday 3rd July 2026

रोशनी शाहीको सुरक्षामा एक असई र प्रहरी खटाइयो


तितोपाटी-कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ।

शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दियो। उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन्। सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।

रोशनी शाहीले पनि बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेर जानकारी दिइकी छन्। उच्च प्रहरी स्रोतका अनुसार प्रहरीको एक टोली आज बिहान शाहीको कोठामा पुगेर थप अनुसन्धान गरेको थियो। हामी डे वानदेखि नै अनुसन्धानमा छौं,’ एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धानलाई मजबुत बनाउन हामीले पनि उनको कोठामा प्रहरी पठाएका हौं।’ मंगलबार अपराह्न पनि पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको थियो।
प्रहरी स्रोतका अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिसडाँडानजिक कोठामा गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको छ। कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए। महिलाको कोठाबाट बरामद भएका ती वस्तुको फिङ्गर टेस्टका लागि फरेन्सिक ल्याब पठाउने प्रहरीको योजना रहेको स्रोतले बतायो।

पछिल्लो समय ती महिलाले भने बयान फेरेकी छन्। उनले महराले आफूलाई बलात्कार गरेको नभई दुर्व्यवहार गरेको बताएकी छन्।

(सम्पादकीय नोट: पीडित शाहीले घटनापछि भिडिओमार्फत् सार्वजनिक रूपमा बोलिसकेकाले हामीले उनको नाम लेख्ने निर्णय गरेका छौं।)
साभार सेतोपाटी


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...