Thursday 21st May 2026
विविध
Image

तितोपाटी-बाँके– जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ। तथ्याङ्क अनुसार एक हजार १ सय ५५ सामाजिक हिंसाका…

Image

तितोपाटी-वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान युवासँग…

Image

तितोपाटी - जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ । स्वडेनी वातावरण अभियन्ताले वर्ष व्यक्ति दौडमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी हुन् । टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष…

Image

तितोपाटी - सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ। तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको हो। लामो समयसम्म होटेलमा गरिएको कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका सो स्रोतले थप जानकारी दिएको छ। मङ्गलबार साँझको समयमा भएको यस आक्रमणको इस्लामिक समूह ‘अल शबाब’ले…

Image

तितोपाटी-खोटाङ घर भई काठमाडौं बस्ने सीता राई (नाम परिवर्तन) लाई करिब एक वर्षअघि बेलायती नागरिकले सामाजिक सञ्जालमा भेटे । स्मिथ मोरिस नाम गरेका बेलायती नागरिकले खोटाङकी सीतासँग करिब एक वर्षसम्म साथी बनेर धेरै कुरा गरे । उनीहरुका बीचमा दैनिक जीवन देखि पारिवारिक र आर्थिक कुराहरु भए । फेसबुक, भाइबर, ह्वाटस्…

Image

तितोपाटी - नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११…

Image

तितोपाटी - सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्यु भएको छ । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापा लगायतका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना भएको छ । सर्लाहीको मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार…

Image

तितोपाटी-सुख खोज्दै वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरब पुगेका नेपाली त्यहाँ झन् ठूला समस्याले घेरिने गरेका छन्। म्यानपावर कम्पनीको प्रलोभन, रोजगारदाता कम्पनीको जालझेल र साउदी अरबको परिवेशबारे जानकारी नहुँदा उनीहरू त्यहाँ पुग्नेबित्तिकै स्वदेश फर्कन बाध्य हुने गरेका छन्। ‘कामदारका धेरै समस्या आउने गर्छन्। हामी विस्तारै समस्या समाधान गर्दैछौं,’ साउदी…

Image

तितोपाटी-चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २ सय ५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८ महिला र २ सय ४३ पुरुष छन् । गत साउनमा २ महिलासहित ५८ पुरुष, भदौमा २ महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले…

Image

तितोपाटी-प्रेममा विछोड भएपछि मानिसहरू अनेक गर्छन् । प्रायः विदेशतिरै हुने यस्ता घटना नेपालमा पनि हुन थालेका छन् । 'अन्तिम पल्ट भेट्न आऊ' भन्दै एक प्रेमिकाले प्रेमीको लिंग छेदन गरिदिएकी छन् । काठमाडौंको कपनमा डेरा गरी बस्ने युवतीले आफूलाई धोका दिएको झोंकमा प्रेमीलाई अन्तिम पल्ट भेट्न भन्दै कोठामा बोलाएको र चक्कुले…