Wednesday 29th July 2026

खाडीमा कमाएको लाखौ रकम युरोप मोहले गुम्दै


तितोपाटी- सिन्धुपाल्चोकका नरेशमान तामाङ कतारमा २ वर्ष पसिना बगाएर स्वदेश फर्किए। दुई वर्ष कतारमा काम गरेर कमाएको पैसा ऋण तिरेर केही बचेको थियो उनको। उनी फेरि खाडी जाने वा नेपालमै केही व्यवसाय गर्ने भन्ने दोधारमा परे।नरेशमानका केही साथीहरुले युरोपेली मुलुक अर्मेनियामा राम्रो कमाइ हुने सुनाए। दोधारमा रहेका नरेशमानलाई युरोप मोहले तान्यो। उनी अर्मेनिया जान तयार भए।

तर, उनलाई भनिएअनुसार अर्मेनिया युरोपियन राष्ट्र होइन। याे पश्चिम एसियाली मुलुक हो। एसिया र युरोपको बीचमा पर्ने यो मुलुकबारे नरेशमानलाई थाहा थिएन। तर, युरोप जान पाइने र कमाइ पनि राम्रो हुने सुनेपछि उनी अर्मेनिया जान तयार भएका थिए। उनकाे अपेक्षा पनि कमाउने नै थियो।

अर्मेनियाको सुपरमार्केटमा सेल्सको काम गर्ने भनिएको थियो उनलाई। मासिक ७ सयदेखि ९ सय डलरसम्म आम्दानी हुने र ओभरटाइमलगायत सेवा-सुविधा पनि हुने भएपछि उनी मख्ख पनि थिए। काठमाडौंकाे धुम्बाराहीस्थित एटलस ओभरसिज प्रालिले उनलाई अर्मेनिया पठाउने भनेको रहेछ। साथीहरुसँगै नरेशमान कामका बारेमा बुझ्न म्यानपावर पुगे। म्यानपावरले ३ लाख रुपैयाँ लाग्ने सुनायो। मासिक ७ सयदेखि ९ सय डलर कमाइ हुने भएपछि उनले म्यानपावरलाई सजिलै ३ लाख रुपैयाँ दिए।

‘युरोपेली मुलुक हो भन्ने सुने कमाइ पनि राम्रो होला भन्ने लाग्यो। कतारबाट कमाएर ल्याएको पैसा छँदै थियो। त्यति लगानी गरेर राम्रो कमाइ हुने ठाउँमा पुगिन्छ भने त भइहाल्यो नि भन्ने सोचेँ,’ नरेशमानले पैसा बुझाए। अर्मेनिया जान भारतको रुट प्रयोग गर्नुपर्ने म्यानपावरले सुनायो। नरेशमानले भारत हुँदै जानु अवैधानिक भएको सुनेका थिए। म्यानपावरलाई उनले भने, ‘म भारत हुँदै त जान्न। यसरी जानु त अवैध हो।’

म्यानपावरले नेपालबाट सिधैं अर्मेनिया उडान नभएको भन्दै भारतस्थित नेपाली दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएर वैधानिक रुपमा जान मिल्ने सुनायो। त्यसपछि नरेशमान र उनका साथीहरु भारत हुँदै अर्मेनिया जान तयार भए। नरेश र उनका साथीहरुसहित अन्य २२ जना युवालाई म्यानपावरले भारतको नयाँ दिल्लीमा लगेर राख्याे। उनीहरुबाट प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म लिइएको थियो। कहिले एउटा होटलमा राख्थ्यो त कहिले अर्कोमा उनले सुनाए। म्यानपावरका एजेन्टले भिसा भोलि–भोलि भन्दै उनीहरुलाई झुलाइरहेका थिए।

नरेशमान र उनका साथीहरुले करिब ३ महिना भारतमा बिताए। तर, भिसा आएन। पछि एजेन्ट नै बेपत्ता भएपछि मात्र आफूहरु ठगिएको उनीहरुले थाहा पाए। ‘हामी २२ जनामा मध्ये खाडीमा कमाएर आएका साथीहरु बढी थियौँ, खाडीमा भन्दा राम्रो कमाइ अर्मेनियामा हुने भन्दै एटलस म्यानपावरले हामीबाट ६५ लाखभन्दा बढी रकम उठाएको थियो,’ नरेशमानले भने।

अहिलेसम्म म्यानपावरले उनीहरुबाट लिएको रकम फिर्ता दिएको छैन्। पैसा माग्न धाउँदा-धाउँदा नदिएपछि उनीहरुले वैदेशिक रोजगार विभागमा उजुरी हालेका छन्। ‘हामी जस्ता थुप्रै युवालाई अर्मेनिया युरोप हो भन्दै झुक्याएर अर्बौं रकम ठगी गरेको रहेछ।-साभार नेपाल लाईभबाट


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...