Tuesday 6th October 2026

वैदेशिक रोजगार ऐन पर्याप्त छैन, संशोधन गर्नू : सर्वोच्च


तितोपाटी-सर्वोच्च अदालतले वैदेशिक रोजगार ऐन संशोधन गर्न आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उक्त आदेश दिएको हो। आदेशमा नेपालबाट रोजगारीको खोजीमा विदेशीने कामदारहरुको आधारभूत हकअधिकार, सम्मान तथा संरक्षणमा राज्यबाट केही हदसम्म उपेक्षा भएको भन्दै सो हकअधिकारको सुनिश्चितताका लागि वैदेशिक रोजगार ऐन संशोधन गर्न भनिएको छ।

मन्त्रालयलाई आदेशः विदेशमा मृत्यु भएका कामदारको पोष्टमार्टम गर्नू

सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव ल्याइ पोष्टमार्टम गर्न आदेश जारी गरेको छ। पोष्टमार्टम गरी मृत्युको कारण मृतकका परिवारलाई जानकारी दिन पनि आदेशमा भनिएको छ। त्यस्तै शव पारवहनमा सहजता, बिमा तथा क्षतिपूर्तिसम्बन्धी शर्त एवं परिबन्दका सम्बन्धमा विस्तृत खुलाउन आदेश दिएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...