तीतोपाटी-पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा गंगोल नदीमा एक युवकको शव फेला परेको छ । पोखरीया नगरपालिका वडा नं. १ वनकटवा घर भएका २० वर्षीय पवन पटेलको शव फेला परेको हो । गंगोल नदीमा युवकको शव र ना ३४ प ९००० नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए…
तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा छन् । समितिको सदस्यहरुमा…
तीतोपाटी- सरकारले जमिन बाँझो राख्न नपाउने गरी तयार राष्ट्रिय भूमि नीति २०७५ पनि स्वीकृत गरेको छ । खेतीयोग्य जमिनलाई खेर जान नदिने उद्देश्यले राष्ट्रिय भूमि नीति ल्याइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । यस नीतिलाई केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । ‘सरकारी वा सार्वजनिक…
तीतोपाटी-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे । अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन । कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण…
तितोपाटी - अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले नयाँ आप्रवासी नीति ल्याएका छन् । बुधबार प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । खास…
तितोपाटी - ओमानमा ज्यान गुमाएका फूलमाया तामाङसहित ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका छन् । मस्कटस्थित नेपाली दूताबासको सक्रियतामा ओमानमा ज्यान गुमाएका ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका हुन् । इलामकी फूलमायाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियल अर्थात साढे १८ लाख रुपैयाँ पाएका छन्…
तितोपाटी - मुम्बइमा भव्य रुपमा ‘जी सिने अवार्ड’ आयोजना भएको छ । बलिउडका चर्चित सेलिब्रिटीहरुको उपस्थितीमा आयोजित अवार्डको मुख्य विधामा गतबर्ष रिलिज भएको चलचित्र ‘पद्यमावत’ले बाजी मारेको छ । अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पद्मावत’बाट संजयलीला भन्सालीले जित्दा उत्कृष्ट नायिका पनि सोही चलचित्रबाट दीपिका पादुकोणले जितिन् । उत्कृष्ट नायकको लागि भने…
तितोपाटी - स्मार्टफोन धेरै चलाउने मानिसहरुले आफ्नो फोन धेरै तात्ने गरेको गुनासो गर्ने गरेको हामीले धेरै सुन्दछौँ । आफ्नो स्मार्टफोन सामान्य रुपमा चलाउँदा पनि तात्ने गरेको अनुभव हामी आफैले पनि सायद गरेकै हौँला । मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्दा, चार्ज गर्दा, गेम खेल्दा वा भिडियो चलाउन फोन तात्नु स्वभाविकै हो ।…
तितोपाटी - पछिल्ला दिनहरुमा स्मार्टफोन कम्पनीहरुले बढीभन्दा बढी क्षमतायुक्त क्यामरा भएका स्मार्टफोन ल्याउने प्रतिस्पर्धा गरिरहेका छन् । शाओमीको रेडमी नोट सेभेन प्रोको ४८ मेगापिक्सेल क्यामरा होस् वा नोकिया नाइन प्योरभ्यूको पाँचवटा क्यामरा सेटअप होस्, स्मार्टफोन फोटोग्राफीमा नयाँ आयाम थपिएको छ । स्मार्टफोन क्यामराको यो प्रगति रोकिनेवाला छैन । अब स्मार्टफोनमा छिटै नै १…
पृथ्वीको सतहभन्दा केही किलोमिटरमाथि वायुमण्डलमा शक्तिशाली उल्का विष्फोट भएको वैज्ञानिकहरुले बताएका छन् । नासाका अनुसार गत १८ डिसेम्बरको मध्याह्नमा भएको विष्फोटबाट १ सय ७३ किलोटन ऊर्जा उत्पन्न भएको थियो । ३२ किलोमिटर प्रतिसेकेण्डको वेगमा वायुमण्डलमा प्रवेश गरेको पिण्ड पृथ्वीको सतहभन्दा २५.६ किलोमिटर माथि विष्फोट भएको थियो । टेक्सासको उडल्याण्डमा आयोजित चन्द्रमा…
![]()