Friday 25th September 2026

नेपाली राजदूतावास ओमानले ओमानमा ज्यान गुमाएका ८ नेपालीको परिवारलाइ क्षतिपुर्ति दिलायो


तितोपाटी – ओमानमा ज्यान गुमाएका फूलमाया तामाङसहित ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका छन् । मस्कटस्थित नेपाली दूताबासको सक्रियतामा ओमानमा ज्यान गुमाएका ८ नेपालीको परिवारले क्षतिपूर्ति पाएका हुन् ।

इलामकी फूलमायाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियल अर्थात साढे १८ लाख रुपैयाँ पाएका छन् ।

अरुको बाँकी तलब, जीवन विमा लगायतको रकम पाएको नेपाली दूताबासले जनाएको छ । पाल्पाका बद्रीप्रसाद ढुंगानाको परिवारले बाँकी तलब र सेवा अन्त्य गर्दाको लाभ गरी १४ सय ९५ ओमानी रियल पाएका छन् ।

सुनसरीका शुक्रराज मगरको परिवारले वेलफेयर फण्डबाट २ हजार ७, धनकुटाकी गंगाकुमारी राईको परिवारले वर्कम्यान कम्पनसेसन बराबरी ५ हजार र मकवानपुरका इन्द्रबहादुर स्यातानको परिवारले तलब लगायतबाट २ हजार ८४ ओमानी रियाल पाउने भएका छन् ।

रुपन्देहीका बिमल गुरुङको परिवारले जीवन बीमाबाट ५ हजार, तनुहँकका बिष्णुबाबु तिवारीको परिवारले उपदानबापत ७ हजार १०७ र सुनसरीका शुक्रराज मगरको परिवारले वर्कम्यान कम्पनसेसन इन्स्युरेन्सबाट ५ हजार ओमानी रियल पाउने भएका छन् ।

ओमानस्थित नेपाली दूताबासका अनुसार यो रकम नेपालस्थित परराष्ट्र मन्त्रालयमा पठाएको छ । पीडित परिवारले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...