Wednesday 17th June 2026

राप्रपा द्वारा भीषण आन्दोलनको तयारी, संयोजकत्वमा बुद्धिमान तामाङ


तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा छन् ।

समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु रहेको राप्रपाले जनाएको छ । आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिए । अध्यक्ष थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनीतक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर सोच्नुपर्ने समय आएको पनि बताए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थीरतातर्फ लैजान नसकेको चर्चा गर्दै अध्यक्ष थापाले संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको बताए ।

राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ । जस अनुसार चैत १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, वैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर प्लेकार्ड जलाउने तथा वैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...