Tuesday 11th August 2026

स्मार्टफोन नै १४८ मेगा पिक्सेलको !


तितोपाटी – पछिल्ला दिनहरुमा स्मार्टफोन कम्पनीहरुले बढीभन्दा बढी क्षमतायुक्त क्यामरा भएका स्मार्टफोन ल्याउने प्रतिस्पर्धा गरिरहेका छन् । शाओमीको रेडमी नोट सेभेन प्रोको ४८ मेगापिक्सेल क्यामरा होस् वा नोकिया नाइन प्योरभ्यूको पाँचवटा क्यामरा सेटअप होस्, स्मार्टफोन फोटोग्राफीमा नयाँ आयाम थपिएको छ । स्मार्टफोन क्यामराको यो प्रगति रोकिनेवाला छैन । अब स्मार्टफोनमा छिटै नै १ सय ९२ मेगापिक्सेलको क्यामराबाट फोटो खिच्न पाइनेछ ।

XDDevelopers को रिपोर्ट अनुसार क्वालकोम कम्पनीले आफ्नो पछिल्लो संस्करणको स्नापड्रागन मोबाइल चिपसेटको क्यामरा स्पेसिफिकेसन विवरण अपडेट गरेको छ । जस अनुसार कम्पनीका धेरैजसो चिपसेटले अब १ सय ९२ मेगापिक्सेल रिजोलुसन सेन्सर सपोर्ट गर्नेछन् ।

१ सय ९२ मेगापिक्सेल सेन्सर सपोर्ट गर्ने चिपसेटको लिस्टमा क्वालकोम स्नापड्रागन ६७०, क्वालकोम स्नापड्रागन ६७५, क्वालकोम स्नापड्रागन ७१०, क्वालकोम स्नापड्रागन ८४५ तथा क्वालकोम स्नापड्रागन ८५५ को नाम सामेल छ । त्यसबाट पनि के प्रष्ट हुन्छ भने यी चिपसेटबाट चल्ने स्मार्टफोनहरुको क्यामरा छिटै नै १ सय ९२ मेगापिक्सेल क्षमताको हुनेछ ।

स्मरण रहोस् तत्काल क्वालकोम चिपसेटले १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर सपोर्ट गरेता पनि तत्काल बजारमा कुनै पनि १ सय ९२ मेगापिक्सेल क्यामरा सेन्सर उपलब्ध छैन । तर भविष्यमा कम्पनीहरुबीचमा यो क्षमताको क्यामरायुक्त स्मार्टफोन ल्याउन प्रतिस्पर्धा हुने पक्का छ र यसका लागि धेरै कुर्नु नपर्नसक्छ ।

क्वालकोमले सार्वज्निक गरेको चिपसेटको नयाँ स्पेसिफिकेसन्स विवरणमा सिंगल तथा डुअल क्यामराको क्षमतालाई छुट्टाछुट्टै रुपमा उत्कृष्ट ढंगले पेश गरिएको छ । यसमा स्लो मोसन रेकर्डिङ्ग लिमिट्स तथा हाइब्रिड अटोफोकस जस्ता कैयन् फिचर्स पनि रहेको प्रष्ट हुन्छ । यतिमात्र होइन अपडेटेड स्पेसिफिकेसनको सूचिमा फ्रेमरेट, मेगापिक्सेल, कोडेक सपोर्ट तथा रिजोलुसन लिमिटेन्स जस्ता कैयन् फिचर्सका बारेमा पनि जानकारी दिइएको छ ।

एजेन्सीको सहयोगमा


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

प्रतिकृयाहरू
...