Saturday 11th July 2026
Ads
Image

मोती गुरूङ - अहिले नेपाली राजनीति अस्तब्यस्त रुपमा अगाडि बढिरहेकाे छ । विशेष गरी सत्तामा रहेका कम्युनिस्ट सरकारको भ्रष्टाचार ,अनियमितता ,अराजकता अनि भागबण्डा मै लिप्त रहेकाे आमजनताले छर्लंग रुपमा देखिरहेका छाै । काेराेना भाइरस संक्रमणले आक्रान्त पारेको यो दुखदप रिस्थितिमा सरकार माैन छ । जनताकाे स्वास्थ्य अधिकार प्रत्याभुत गराउन कुनै…

Image

हरि कृष्ण न्यौपाने- लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ। जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन। अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ"अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा…

Image

तीतोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाइ कर्मथलो बनाइ केहि वर्ष कार्यारत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका कलमकर्मी गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । शिवा केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उपचारको क्रममा उनको निधन भएको हो । अत्यन्त मिलनसार, मृदुभाषी…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमणबाट निको भएर…

Image

अमेरिकाको मिशिगनमा मानेको दशैँ यो। जे जस्तो मिल्यो त्यसैमा रमी गुजारा गरियो। कोरोना साक्षी अहिले वर्ष दु:खको दशैँ यो । इतिहासमै अनौँठो रुप लिएर जन्मियो ।१।🌷🙏🌺 सुवेदी म हूँ संयोग मिल्यो सुवेदी बैनीको। सुर्खेते बैनी गल्कोटे दाजु दैवले जुराको। तिहार दशैँ एकैसाथमा मिलेर मान्दछौँ। पराइ हैन नजिक देख्छौँ आफन्त ठान्दछौँ।२।🌷🙏🌺…

Image

तीतोपाटी - भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन तीन दिने भ्रमणका लागि यही कात्तिक १९ गते काठमाडौं आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली…

Image

तीतोपाटी - खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे…

Image

तीतोपाटी - कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सोमबारसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् । स्वदेश फर्कनेहरू प्रदेश १ का १५८३२ जना, प्रदेश नं. २ १३५४५ जना, वागमती प्रदेशका…

Image

तीतोपाटी - पाकिस्तानको पेशावर सहरस्थित एक धार्मिक विद्यालय (मदरसा)मा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरूमा अधिकांश विद्यार्थीहरू रहेको बताइएको छ । मंगलबार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा गराइएको विस्फोट परी तेह्र वर्षमुनिका चार जनासहित अन्य कैयौँ घाइते भएका छन्। कम्तिमा १२० जना भन्दा बढि…

Image

तीतोपाटी - अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । 'सोफिया' उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो । सोफियाले चन्द्रमाको 'क्लेभियस…