Wednesday 16th September 2026

ज्ञानेन्द्ररत्न बज्राचार्यका पाँच स्वतन्त्र (टुक्रा) कविताहरू



शून्य आकाश नै कालो अँध्यारो
दिउँसै पूरै रात परे जस्ताे ।
याे के हाे? कस्तो हो यो माैसम ?
महाभूकम्प आउने खतरा जस्ताे ।


संसार कहाँ पुगे, हामी कहाँ छाैं
विडम्बना छ याे देशकाे ।
देश हाँक्ने संवाहक गन्तव्यहीन भए
गुमनाम याे देश निराशाकाे ।


चीन र रुस कम्युनिस्ट देश
त्यहाँका नेताहरु छन् जननायक ।
यहाँका कम्युनिस्ट नेता भनादाहरु
जालझेल निपूर्ण भन्छन् खलनायक ।


नेताहरुको हुंङ्कार राष्ट्रियताको नाममा
फगत त्यो त आडम्बरी नक्कली देखिएको ।
देशका होनाहार चिने जानेका नेताहरु सबै
विदेशीको रिमोट कन्ट्रोलबाट चल्ने गरेको ।


नेताहरुको अकर्मण्यताले यहाँ
जनताको शीर जहिले नि झुकेको ।
सार्वभौम सम्पन्न देश नेपालमा
परदेशीको गिद्धे नयनले सँधै घेरेको ।

ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौं


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

प्रतिकृयाहरू
...