Thursday 8th October 2026

लघुकथा:- पीडा कोरानाको -सोमनाथ लुइटेल ‘रवि’


समय पनि कसरी बित्यो कहिले आफूलाई हेर्दै कहिले अर्कालाई । एक दिन रवि बिहानै बाहिर कोलाहल भएको देखेर बिचलित भयो । आर्काको समस्या देख्न नसक्ने बानी थियो । त्यहाँ के भएको रहेछ भनेर बुझ्दा शवलाई हेरेर रमिता हृदय फुट्ला जस्तै गरेर रोएको देखेर रवि भावुक भयो ।
दिल्लीमा रमिताको श्रीमानकाे काम गर्दा गर्दै कोरोनाले संक्रमित भएर मृत्यु भएको थियो । शव नेपालमा आएपछि सबै परिवारमा चिन्ता शोक भयो । रमितालाई थाहा भएन आफ्नो श्रीमानलाई कोरोना लागेकोछ भनेर,रमितालाई पनि कोरोना लागेर पाचौं दिन कोरोनाको शिकार भई रमिताको पनि मृत्युु भयो ।
त्यो घरमा कोरोनाको बज्रपात पर्यो । छोराछोरी ससाना थिए । अब कसरी घर चलाउने भन्ने कुरामा छोरी सुमित्रालाई पीर पर्यो । रवि गाउँमा सबैलाई भेला गरेर सहयोग जुटाउने मनसाय भए पनि त्यति बेला सबैलाई बोलाएर आउने पनि समय थिएन । कोरोनाले सारा संसारलाई चपेटामा लिएको बेला रमिताको घरमा छोराछोरी राहत आउला कि भनेर टुलुटुलु हेर्दै बस्ने उपाय भन्दा आर्को उपाय थिएन । रविले त्यहाँको दुःख देखेर रासनको व्यवस्था गरेर रमिताको घरदेखि आफ्नो घर गयो ।

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हाल:- युगाण्डा कम्पाला


सम्बन्धित शीर्षकहरु

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

प्रतिकृयाहरू
...