Wednesday 16th September 2026

झर साहित्यमा कलम , जनमनको मलम -आर्त अकुलीन


दश झर

१.
धारा प्रवाह,
नदीको जस्तै जीवन गति !

२.
तराईँमा अकस्मात आँधी,
जनता खुला आकाशमा बस्न बाध्य !

३.
त्रसित गाउँ बेसी,
चाकरीवाद र हैकमवादको राज !

४.
बाहिर निर्मल,
भित्र भित्रै पाकेको फर्सी !

५.
पहाडमा हिमपात,
कृषिमा आश्रित जनता मर्कामा !

६.
नायकको मुस्कान,
सर्वसाधारणको आँखामा आँसु !

७.
कुहिरोको काग,
व्यथित अन्त्यहीन गन्तव्य !

८.
समयसँगै हेरफेर,
आखिर एउटै ड्याङ्का मुला !

९.
फूलको नयन,
बढ्दो सस्तो लोकप्रियता !

१०.
जनसङ्ख्या वृद्धि,
वनविनासको प्रमुख कारण !

✍️ आर्त अकुलीन
लम्की चुहा-२, देवाश्रम, कैलाली


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

प्रतिकृयाहरू
...