इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राजधानी रोममा हजारौं मानिसले युद्धविरोधी र्याली निकालेका थिए। साँझतिर प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेपछि प्रहरीले भीड नियन्त्रण गर्न वाटर क्यानन र अश्रुग्यास प्रयोग गरेको बताइएको छ।
बोलोनियामा पनि झडप हुँदा कम्तीमा ६ जना घाइते भई अस्पताल भर्ना भएका छन्। टुरिनमा प्रदर्शनकारीहरूले आतिशबाजी र बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ।
गत साताको प्रदर्शन हिंसात्मक बन्दै लुटपाटसम्म पुगेपछि इटाली सरकारले यसपटक देशभर थप प्रहरी परिचालन गरेको थियो। विशेषगरी रोम, मिलान र अन्य प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
इटालीकी प्रधानमन्त्री Giorgia Meloni ले हिंसाको निन्दा गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिक र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
https://english.news.cn/20261025/9d5d5023bf304aaead15b51358150a99/c.html