Tuesday 5th May 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी-नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन…

Image

तीतोपाटी-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले…

Image

तीतोपाटी-जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात…

Image

तीतोपाटी-जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । जापानको…

Image

तीतोपाटी-अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले रुपन्देहीका सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे छ। अायाेगकाे टाेलीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेकाे हाे। उनले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए। अायाेगका अनुसार जिल्ला…

Image

तीतोपाटी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको प्रथम स्मृति सभा सम्पन्न भएको छ । साेमबार पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, बाबुराम भट्टराई, नेपाल सरकार मन्त्रीहरु तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको उपस्थिति थियो । स्मृतिसभामा कलाकार तथा सर्वसाधारणको समेत बाक्लो उपस्थिति थियो । साभार उज्यालो नेटवर्क

Image

बालकृष्ण घिमिरे, काभ्रे बनेपा /आज बिहान लगभग पाच बजे काभ्रे पनौती नपा ५ अन्तरगत रहेको अाईडी पार्क बोगटी गाउ नजिकैको रुखमा भर्खरकी जवान चेलीले प्राण त्याग गरेकी छिन | खड्का थरकी महिला गोठमा जादा नजिकैको रुखमा पासोमा मान्छे झुन्डियको देखेपछी उन्ले हारगुहार गरिन | घटना स्थलमा धनेश्वर दर्शन गर्न आउने दर्शनार्थी देखी…

Image

तितोपाटी - श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन्। गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ। राष्ट्रपति सिरिसेनाले महिन्द्रा राजापाक्षलाई प्रधानमन्त्रीमा गरेको नियुक्ति अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका…

Image

तितोपाटी - दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्मको घोषणा गरिएको छ । २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्न लागेकी हुन्। फिल्मकी प्रस्तुतकर्तासमेत रहेकी अभिनेत्री भुवनले लामो समयपछि फिल्म निर्माणको साइत जुरेको बताइन् । ‘पहिला मलाई फिल्म…

Image

तितोपाटी - पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै…