Friday 3rd May 2024

रुपन्देहीका सरकारी वकिल निराैला ८० हजार रूपैयाँ घुससहित पक्राउ


तीतोपाटी-अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले रुपन्देहीका सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे छ।

अायाेगकाे टाेलीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेकाे हाे। उनले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए।

अायाेगका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले चलाएकाे ठगी मुद्दामा प्रतिवादी रहेकी एक महिलालार्इ उन्मुक्ति दिने भन्दै निराैलाले घुस रकम माग गरेका थिए।

अायाेगकाे केन्द्रीय कार्यालय टंगालबाट खटिएकाे टाेलीले मंगलबार कार्यालय खुल्नासाथ घुस लिइरहेकाे अवस्थामा निराैलालार्इ पक्राउ गरेकाे हाे।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...