Friday 4th September 2026

रुपन्देहीका सरकारी वकिल निराैला ८० हजार रूपैयाँ घुससहित पक्राउ


तीतोपाटी-अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले रुपन्देहीका सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे छ।

अायाेगकाे टाेलीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेकाे हाे। उनले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए।

अायाेगका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले चलाएकाे ठगी मुद्दामा प्रतिवादी रहेकी एक महिलालार्इ उन्मुक्ति दिने भन्दै निराैलाले घुस रकम माग गरेका थिए।

अायाेगकाे केन्द्रीय कार्यालय टंगालबाट खटिएकाे टाेलीले मंगलबार कार्यालय खुल्नासाथ घुस लिइरहेकाे अवस्थामा निराैलालार्इ पक्राउ गरेकाे हाे।


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...