Friday 3rd May 2024

कसरी दिने यस्ताहरुलाई श्रद्दान्जली


बालकृष्ण घिमिरे, काभ्रे बनेपा /आज बिहान लगभग पाच बजे काभ्रे पनौती नपा ५ अन्तरगत रहेको अाईडी पार्क बोगटी गाउ नजिकैको रुखमा भर्खरकी जवान चेलीले प्राण त्याग गरेकी छिन | खड्का थरकी महिला गोठमा जादा नजिकैको रुखमा पासोमा मान्छे झुन्डियको देखेपछी उन्ले हारगुहार गरिन | घटना स्थलमा धनेश्वर दर्शन गर्न आउने दर्शनार्थी देखी स्थानियहरुको घुइचो लागो | लौननी कुनचाही असतिले बलात्कार गरेर यस्तो गरेछ | घटनाको प्रकृति हेर्ने सबैले त्यही भने | शरिरमा भएका कपडा बारीको डिलमा राखिएको थियो |

पेण्टी लगाएको र एउटामात्रै स्तन ढाकिएको थियो | पुलिसले समेत सुरुमा यो आत्म हत्या नभै हत्या नै हुनुपर्छ भन्ने अनुमान लगायो होला सायद | सुरुमा अन्तै बाट आएर झुण्डिएकी अथवा कसैले बलात्कार पछी हत्या गरेर त्यहा ल्याएर झुण्ड्याएको होला भन्ने अड्कलवाजी केही बेरमै झुट्टो सावित भयो | गाउलेहरु घटना हेर्न गएझै मृत्‍ककी आमा पनि घटना स्थलमा को झुण्डिएछ त भन्दै हेर्न पुगिन | नजा भन्दा भन्दै कलेज गही होली भनेकी आफ्नै छोरीको शरीर झुण्डियको अवस्थामा देख्दा आमा मुर्छा परिन |

दश महिना पेटमा बोकी अनेकौ ठक्कर र दु:खले हुर्काएर कलेज पढ्ने बनाएकी छोरीले आफ्नो सामान्य भनाईले सन्सारै छाड्लि भन्ने के थाहाँ ति आमालाई ? छोरी कलेज जान लुगा लगाउदै थीइ | छोरी आज ठुलो एकादशि आज कलेज बिदा छ होला नजाउ भन्दै म आफ्नो काममा लागे तर यस्ले यस्तो पो गरिछ भन्दै आमा भक्कानिदै थिहिन | अन्दाजी १८-२० बर्षकी सुधा केसी नाम गरेकी युवतिले आफ्ले बोक्ने मोवाईल र घडी आफ्नै सिरानमा राखेर घर नजिकैको रुखमा गएर झुण्डिएर संसार बाट बिदा लीइन | 

घट्ना स्थलमा देखिएको दृष्‍य र त्यहा उपस्थित जनसमुदायहरुको भनाईमा आधारित यो घटनाको वास्तविकता के हो ? प्रहरिले छिट्टै सार्वजानिक गर्ला | तर अनाहकमा ज्यान फालेकै हो भने यस्ताहरुलाई श्रद्दान्जली समेत व्यक्त गर्न सकिदैन | 

यो समाचार तयार गर्दा गर्दै रोषी बाट पनौती नगरपालिका ५ धनेश्वरमा नयाँ घर बनाएर दुई छोरा र सुधा एउटी मात्रै छोरी लिएर बस्दै गरेका केसी परिवार छोरीको मृत्‍यु पश्चात बिछिप्त हुँदाहुँदै पनि मृतकको दाहा सस्कारकालागी मृतकको शरीर पोष्मार्टम पस्चात आफ्नो पुरानो गाउ लिएर गहेको बुझिएको छ |


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...