Saturday 16th May 2026

कसरी दिने यस्ताहरुलाई श्रद्दान्जली


बालकृष्ण घिमिरे, काभ्रे बनेपा /आज बिहान लगभग पाच बजे काभ्रे पनौती नपा ५ अन्तरगत रहेको अाईडी पार्क बोगटी गाउ नजिकैको रुखमा भर्खरकी जवान चेलीले प्राण त्याग गरेकी छिन | खड्का थरकी महिला गोठमा जादा नजिकैको रुखमा पासोमा मान्छे झुन्डियको देखेपछी उन्ले हारगुहार गरिन | घटना स्थलमा धनेश्वर दर्शन गर्न आउने दर्शनार्थी देखी स्थानियहरुको घुइचो लागो | लौननी कुनचाही असतिले बलात्कार गरेर यस्तो गरेछ | घटनाको प्रकृति हेर्ने सबैले त्यही भने | शरिरमा भएका कपडा बारीको डिलमा राखिएको थियो |

पेण्टी लगाएको र एउटामात्रै स्तन ढाकिएको थियो | पुलिसले समेत सुरुमा यो आत्म हत्या नभै हत्या नै हुनुपर्छ भन्ने अनुमान लगायो होला सायद | सुरुमा अन्तै बाट आएर झुण्डिएकी अथवा कसैले बलात्कार पछी हत्या गरेर त्यहा ल्याएर झुण्ड्याएको होला भन्ने अड्कलवाजी केही बेरमै झुट्टो सावित भयो | गाउलेहरु घटना हेर्न गएझै मृत्‍ककी आमा पनि घटना स्थलमा को झुण्डिएछ त भन्दै हेर्न पुगिन | नजा भन्दा भन्दै कलेज गही होली भनेकी आफ्नै छोरीको शरीर झुण्डियको अवस्थामा देख्दा आमा मुर्छा परिन |

दश महिना पेटमा बोकी अनेकौ ठक्कर र दु:खले हुर्काएर कलेज पढ्ने बनाएकी छोरीले आफ्नो सामान्य भनाईले सन्सारै छाड्लि भन्ने के थाहाँ ति आमालाई ? छोरी कलेज जान लुगा लगाउदै थीइ | छोरी आज ठुलो एकादशि आज कलेज बिदा छ होला नजाउ भन्दै म आफ्नो काममा लागे तर यस्ले यस्तो पो गरिछ भन्दै आमा भक्कानिदै थिहिन | अन्दाजी १८-२० बर्षकी सुधा केसी नाम गरेकी युवतिले आफ्ले बोक्ने मोवाईल र घडी आफ्नै सिरानमा राखेर घर नजिकैको रुखमा गएर झुण्डिएर संसार बाट बिदा लीइन | 

घट्ना स्थलमा देखिएको दृष्‍य र त्यहा उपस्थित जनसमुदायहरुको भनाईमा आधारित यो घटनाको वास्तविकता के हो ? प्रहरिले छिट्टै सार्वजानिक गर्ला | तर अनाहकमा ज्यान फालेकै हो भने यस्ताहरुलाई श्रद्दान्जली समेत व्यक्त गर्न सकिदैन | 

यो समाचार तयार गर्दा गर्दै रोषी बाट पनौती नगरपालिका ५ धनेश्वरमा नयाँ घर बनाएर दुई छोरा र सुधा एउटी मात्रै छोरी लिएर बस्दै गरेका केसी परिवार छोरीको मृत्‍यु पश्चात बिछिप्त हुँदाहुँदै पनि मृतकको दाहा सस्कारकालागी मृतकको शरीर पोष्मार्टम पस्चात आफ्नो पुरानो गाउ लिएर गहेको बुझिएको छ |


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...