तितोपाटी- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढल्नुभएको थियो । बेहोस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उहाँलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको…
गजल ### बहर : मुतकारिब मुसम्मन सालिम शिलामा कुदेको सुनौलो कदर छ । कदरमा लुकेको अनौठो रहर छ । हिजो आज आफू बिरामी भएमा बिचल्ली हुने हुन् कि सन्तान डर छ । बगायो नदीले सबै खेतबारी कहाँ बस्नु अब घर घडेरी बगर छ । लुकाएर पीडा कहाँ हाँस्न सक्छु रुझेको…
गजल ### एक दिन सुबास हराइ फूलले झर्नु पर्दछ। बल हुन्जेल यादै नहुने म पनि मर्नु पर्दछ। जता सुन्यो खवर रक्षक नै भक्षक भएको घटिया सोच बढ्दो छ घर भित्रै डर्नु पर्दछ। सज्जन बनुँ कि दुर्जन भन्नेलाई के भन्दिने जसले गर्छन् अत्याचार नमस्कार गर्नु पर्दछ। सबैका अन्नदाता रे किसान कसरी…
१. विमोहा छन्द आज चर्कै पर्यो जात नर्कै पर्यो इष्ट नाता कठै व्यर्थ तर्कै पर्यो बात अर्कै पर्यो घात मर्कै पर्यो २. सोमराजी छन्द गरम्ला परम्ला चरम्ला छरम्ला दुवैको जवानी अपूरो कहानी डरम्ला सरम्ला हरम्ला मरम्ला ३. रत्नराज छन्द शीत त्यो परेको प्रीतले भरेको कन्दले फलायो गन्धले चलायो मन्दमा हराएँ…
सीता बिष्ट कार्की (सीबिका) - षडऋतु लघुत्तम कविता कविता विधाको उपविधा अन्तर्गत लघु विधा हो । षडऋतु दुई शब्द षट् र ॠतु मिलेर बनेको छ । पूर्वीय दर्शन र वाङ्मयमा षट् वा छ सङ्ख्याको सारै ठुलो महत्त्व रहेको पाइन्छ । त्यसै अनुसार शब्दकोशले कतिपय क्षेत्रका अर्थ दिएको छ । (क)…
तीतोपाटी - उदक अभ्यास अन्तर्गत हरेक हप्ताको शनिबार जस्तै यस हप्ता पनि आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५ः०० बजेसम्म आफ्नो नाम र ठेगाना सहित उदक लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा जम्मा ४९ जना स्रष्टाहरूको उदक प्राप्त भएको छ । प्रशिक्षक श्री आर्त अकुलीनले…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पाञ्चायन २ (दुई) पञ्चाङ्ग १० (दस) १ हृदयमा आँधी चल्यो झरी बनियो खुसीहरू सल्बलाए चरी बनियो नारी हो अनेक रूप धारण गर्ने ढुङ्गा जस्तो हुँदाखेरि खरी बनियो सुकोमल सुन्दरमा परी बनियो । २ एकादशीको व्रतमा भोक हराउँछ औषधि प्रयोग गर्दा रोग हराउँछ…
तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं राष्ट्रिय महाधिवेशन हिँजो २३ जुलाइ २०२१ शुक्रबारको दिन सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा महाधिवेशन आयोजना गर्न असम्भव भएपछि अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले सुजन केसिको नेतृत्वमा रहेको पुरानो कार्य समितिलाइ विघटन गरि राणाध्वज…
१. बढ्दै छ लोभको मात्रा लोभीको मनमा अझै जसरी बढ्छ यो देह त्यसरी नै शनै शनै । २. मर्नु नै जन्मिनु हो रे ’मृत्यु’ को परमार्थमा सोचिन्छ मनले यौटा अर्कै हुन्छ यथार्थमा । ३. लोभी मान्छे पिछा लाग्छ रूप फेरी जताततै छेपाराको प्रतिच्छाया देखिन्छ कि त्यहाँ कतै । ४. नष्ट…
तितोपाटी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा…
![]()