Saturday 26th September 2026

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन


तितोपाटी- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढल्नुभएको थियो । बेहोस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उहाँलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उहाँ हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।

उहाँको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ । उहाँको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ । भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती र छोराछोरी हाल नेपालमा छन् । हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । साभार गोरखापत्रबाट

 


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...