Wednesday 14th October 2026

अनुष्टूप् छन्दका पाँच टुक्का कविता -विष्णु दाहाल


१.
बढ्दै छ लोभको मात्रा लोभीको मनमा अझै
जसरी बढ्छ यो देह त्यसरी नै शनै शनै ।
२.
मर्नु नै जन्मिनु हो रे ’मृत्यु’ को परमार्थमा
सोचिन्छ मनले यौटा अर्कै हुन्छ यथार्थमा ।
३.
लोभी मान्छे पिछा लाग्छ रूप फेरी जताततै
छेपाराको प्रतिच्छाया देखिन्छ कि त्यहाँ कतै ।
४.
नष्ट हुन्छ स्वयं मान्छे यौटा मात्रै कुतर्कले
अरुभन्दा म नै ठूलो भन्ने तुच्छ घमण्डले ।
५.
पर्दाले छेक्न खोज्दैमा छोपिन्न मनको बह
कम्प उठ्यो भने भित्र शान्त होला र के दह ?

 

-विष्णु दाहाल,
इनरुवा ५, सुनसरी


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...