Monday 25th May 2026

पत्नी कुवेत पठाएर पतिले गरे दोश्रो विहे, विरामी भएर फर्केकी पत्नी राजधानीमा अलपत्र


तितोपाटी – छोराछोरीको भविष्य, आफ्नो सुन्दर संसार सजाउन भन्दै श्रीमान र साना छोराछोरीलार्इ छोडेर कुबेत अाएकी करिब २८ वर्षीया कविता परियार अहिले आफै बेसहारा भएकी छन् ।

ऋण खोजेर घरेलु कामदारको रूपमा कुबेत अाएकी उनलाई काम गरेको घरमा तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ थाहा नभएको रोग लाग्यो । अचानक नाक र मुखवाट ह्वालह्वाल्ती रगत बग्ने समस्याबाट कवित ग्रस्त बनिन । एकै छिनमा राम्रै भएकी कबिता केही बेरमै रगताम्य भएर इन्तु न चिन्तु हुन थालिन्।

६ महिना कुबेत बसेर पनि एक पैसा हातमा नभएपछि उनी अरु संग सहयोग लिएर उनी नेपाल फर्कन सफल भर्इन । उनी काठमाण्डु त अोर्लिइन तर उनी कोहलपुर स्थित घर भने जान सक्दिनन् । एक त उनी खाली हात नेपाल फर्केकी छन् । दोस्रो उनका श्रीमानले अर्काे विवाह गरेका छन् । उनका दुई छोराछोरी पनि श्रीमानको कब्जामा छन् ।

श्रीमानले कबितालाई घर आउनु पर्दैन भनेर धम्की दिएका कारण उनी घर जान सकेकी छैनन् । अस्वस्थ्य शरिर र मनभरी पीडा बोकेर काठमाडौंमा भौतारिएकी कबिताले एक संचारकर्मी भेटिन् । उनले आफ्नो सबै पीडा ति संचारकर्मीलाई बताइन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

कुवेतवाट काठमाडौं आएको ८ दिन सम्म सडकमै भौतारिकएकी उनको उपचार सुरु त भएको छ । तर उनीसंग न कोही आफन्त छन् न त उनीसंग उपचार गराउने पैसा । त्यसैले उनले यो भिडियो मार्फत सहयोगको अपिल गरेकी छन् ।

हेर्नुहोस भिडियोः

साभार – लाइटनेपाल


सम्बन्धित शीर्षकहरु

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

प्रतिकृयाहरू
...