Friday 24th July 2026

उधौली पर्वको सम्पूर्ण तयारी पुरा,तीन संस्था द्वारा कुवेतबासीलाई निमंत्रणा


बसन्त थापा- कुवेत/ कुवेतमा स्थापित तिन किराती सस्थाहरु द्वारा हुने भनीएको उधौली, स्यादर पिदर, चासोक तङ्नाम पर्वको तयारी पुरा भएको छ।
किरात राई यायोक्खा कुवेत सुनुवार सेवा समाज कुवेत किरात याक्थुङ चुम्लुङ कुवेत द्वारा संयुक्त रुपमा आगामी २१ डिसेम्बर २०१८ शुक्रबारका दिन पपिन्स हल जिलिबको प्रांगणमा धुमधामका साथ हुन गहीरहेको किराती हरुको माहान चाड मध्येको उधौली , स्यादर पिदर, चासोक तङ्नाम कार्यक्रमको तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चमलिंग राईले जानकारी दिएका छन।
प्रकृतिपूजक किरात राईहरूको महान चाडहरू उभौली र उधौली साकेला भूमी पुजा वार्षिक रुपमा दुइ पटक गरिने र मंसिरे पुर्णिमा अन्तर्गत पर्ने यस उधौली साकेलाको अवसरमा यो कार्यक्रम गरिने भएको छ।
वैशाखे पूर्णिमा अन्तर्गतको उभौली साकेला भूमी पूजामा प्राकृतिक प्रकोप र रोगब्याधीले नसताओस्। खेतीपाती राम्ररी सप्रियोस् भनी पूजागरी पितृहरूको आशिर्वाद माग्दै,साकेला नाचीने गरिन्छ,भने यस उधौली साकेला भूमिपुजामा उक्त वर्षाको समयमा लगाईएको अन्नबाली सकुसल भित्र्याउन सफल भईएको,प्राकृतिक प्रकोप र रोगब्याधीहरू नलागी बाली भनी पूनः उनै प्रकृती (भूमी) र सिप्तुलुङ्गमा बिराजमान पितृहरूप्रति कृतज्ञ हुदै उधौली साकेला भूमीपूजा श्रध्दा पूर्वक मनाउने गरिएको छ।
कुवेतमा मनाउन लागीएको यो कार्यक्रममा तिन किराती हरुले आ-आफ्ना सस्कृति झल्किने खालका झाकीहरु,केलाङ,साकेला,सुनुवार नृत्यहरु प्रस्तुत गर्ने तथा भुमि पुजा समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले बताएका छन।साथै उक्त कार्यक्रम भब्य र सभ्य तरिकाले सफल पार्न कुवेतमा कार्यरत सम्पूर्ण किराती तथा गैर किरातीहरु त्यस्तै कुवेतमा स्थापित बैचारिक सगठन समाजिक संघ सस्था समाजका अगुवा बुद्धिजीवी बर्ग महिला पत्रकार खेलाडी हरुलाई पत्रचार गरीसकेको र यदि कसैले पत्र नपाएको खण्डमा भने यहीँ समाचार लाई आधार मानी उक्त कार्यक्रममा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।
मिति -: २१ डिसेम्बर २०१८ शुक्रबारस्थान: पपिन्स हल जिलिब
बिहान ठिक ११ बजे


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...