Wednesday 15th July 2026

कुवेतमा दुर्गेश थापालाई गरियो भव्य स्वागत


बसन्त थापा/ कुवेत- चर्चित लोकपप गायक एवं मोडल दुर्गेश थापालार्इ  कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ। कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको निमन्त्रणामा अतिथि कलाकार थापा कुवेतमा सांगितिक कन्सर्ट दिनको लागि अाजै राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुगेका हुन् । कुवेत एयरपोर्टमा  अतिथि कलाकारलार्इ स्वागत गर्नको लागि अायोजक सँस्थाका पदाधिकारीहरू, कुवेतको नेपाली समाजमा कृयाशिल संघ सँस्थाका पदाधिकारी एवं प्रतिनीधिहरू, विभिन्न मिडिया हाउसका पत्रकारहरू र  अतिथि कलाकारका फ्यानहरू उपस्थिति भर्इ स्वागत गरेका थिए ।

यहि  डिसेम्बेर १४ तारिख अर्थात् शुक्रवारको दिन कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको प्रथम सांगीतिक धमाका २०७५ को कार्यक्रमको लागी कल्याणकारी नेपाली युवा समाजको निमन्त्रणामा लोक पप गायक तथा मोडल दुर्गेश बिहिवार राती नै कुवेतमा आइपुगेका हुन्।

लामो समय देखि कलाकारितामा पोख्त भएका कलाकार दुर्गेश थापाले दर्जनौ आधुनिक तथा पप गीतमा आवाज भरेका छन् भने मोडलिंगमा पनि उत्तिकै ब्यस्त रहदै आएका छन्  । कलकार दुर्गेशले दर्जनौ म्युजिक भिडियो तथा स्टेज कार्यक्रममा आफ्नो अभिनय मार्फत दर्शकको मन जित्न सफल भएका छन।

कुवेतको जिलिब स्थित इण्डियन सेंट्रल स्कुलको हलमा डिसेम्बर १४ सुक्रवार दिउँसो  १२ः३० बजे देखी आयोजना हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार दुर्गेशको साथमा कुवेतमा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने छ।

नेपाल देखी आएका अथिति कलाकार थापाले कुवेतबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई प्रथम सांगीतिक धमाका २०७५ को कार्यक्रम भव्यरूपमा मनाउनको लागि चुले निम्तो दिएका छन । आयोजकले नेपालबाट आएका कलाकार थापालाई अन्तराष्ट्रिय बिमान स्थल कुवेतमा स्वागत गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी सँस्थाका प्रथम उपाध्यक्ष प्रदीप कार्कीले तीतोपाटी लाई जानकारी  गराएका छन।


सम्बन्धित शीर्षकहरु

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

प्रतिकृयाहरू
...