Sunday 20th July 2025

चितवनका ईन्द्र मणीको कुवेतमा मृत्‍यु


हरि कृष्ण न्यौपाने – साबिकको बिरेन्द्र नगर नगरपालिका-७ हाल राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्‍यु भएको छ। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको आज डिसेम्बर-७, शुक्रबार-२०१८ का दिन बिहान मृत्‍यु भएको हो ।    

हाल नेपाल छुट्टीमा रहेका चितवन सेवा समाज कुवेतका सदस्य नबिन शिवकोटीले तितोपाटी डटकम सँग भने”उक्त रक्तचाप तथा हात-खुट्टा सुन्निएर कुवेतको फर्वानिया अस्पातल भर्ना भएका ईन्द्रमणीको निधनको खबरले परिवार शोकमा डुबेको छ। करिब ८-९ बर्ष देखी कुवेतमा आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५बर्षिय ईन्द्रमणी केही समय देखी जन्डीस रोगले समेत ग्रस्त भएको शिवकोटीले बताए ।रोजगारिकै शिलशिलामा मृतकको श्रीमती इज्रायलमा रहेको तथा घरमा छोरी-छोरी रहेका छन। 

ईन्द्रमणीको मृत्‍युको बारेमा नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई तितोपाटी सम्पादकले जानकारी गराइएको छ भने मृतकको बारेमा सबै जानकारी लिएर  कानुनी प्रकृयामा सहजिकरणका लागि दुताबासले सक्दो सहयोग गर्ने लिङ्देन बताएका छन।


सम्बन्धित शीर्षकहरु

रूस र युक्रेनले युद्धमा मारिएकाहरूको थप शव आदानप्रदान गरेको क्रेमलिनले जनाएको छ क्रेमलिनका एक सहयोगीका अनुसार, गत महिना टर्किएमा दोस्रो…

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

प्रतिकृयाहरू
...