Friday 6th June 2025

थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा क्यान्सर तथा मृगाैला पीडितहरूलार्इ ९५ हजार भन्दा बढी सहयोग


तितोपाटी – थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले नेपालमा रहेका क्यान्सर रोग पीडित तथा मृगाैला रोग पीडितहरूलार्इ नेपाली रूपैया ९५ हजार भन्दा बढिको सहयोग गरेको छ । संघले नेपालमा विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि जम्मा रु,९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । संघले सो रकम पाँचथर, धनकुटा र मोरङका ३ जना बिरामीहरूलार्इ काठमाण्डाैंको सिनामंगल स्थित मिठो नेपाली खाजा घरमा ‘वलिहाङ तङ्नाम’ एक कार्यक्रम गरि चेम्जोङ वंशका केन्द्रिय सल्लाहकार एवं पुर्व संचारमन्त्री रकम चेमजोङको हातबाट दामासाहीले वितरण गरिएको कुरा थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतका अध्यक्ष दुर्गा चेम्जोङ “उदेख साइला” ले तितोपाटी डट कम लार्इ जानकारी गराएका छन् ।

सो सहयोग रकम थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले संघका पदाधिकारी एवं सदस्यहरू लगायत कुवेतको नेपाली समाजमा कृयाशील सहयोगी मनहरूबाट संकलन गरि पठाएको थियो ।

जनही ३१७६५।-  अक्षेरूपी एकतीस हजार सात सय पैंसठी रूपैयाँका दरले हस्तान्तरण गरिएको उक्त सहयोग रकम पाँचथर स्याब्रुम्बा निवासी स्तन क्यान्सरबाट पीडित २७ वर्षीया सीता लिम्बु, धनकुटा चाैबिस निवासी मृगाैला पीडित ३२ वर्षीया बिष्णु लिम्बु र मोरङ पत्थरी शनिश्चरे – ३ निवासी मृगाैला पीडित ४१ वर्षीया बिकास चेम्जोङलार्इ  हस्तान्तरण गरिएको हो ।

स्मरण रहोस, अाफ्नो जातीय हक, हित तथा संस्कार, परम्परा, भाषा, लिपि संरक्षण हेतु सन २०१६ मा कुवेतमा गठन भर्इ कृयाशिल रहँदै अाएको थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले यस अघि पनि बिभिन्न किसिमले पीडित भएका नेपालीहरूलार्इ सहयोग गर्दै कर्मभूमि कुवेतमा सामाजिक सेवाका कार्यहरू गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

दक्षिण कोरियामा भइरहेको चुनावमा ठूलो उथलपुथल भएको छ। लिबरल पार्टीका उम्मेदवार ली जे-म्युङले अन्य उम्मेदवारहरू भन्दा निर्णायक अग्रता लिएका छन्।…

प्रतिकृयाहरू
...