Friday 9th October 2026

थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा क्यान्सर तथा मृगाैला पीडितहरूलार्इ ९५ हजार भन्दा बढी सहयोग


तितोपाटी – थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले नेपालमा रहेका क्यान्सर रोग पीडित तथा मृगाैला रोग पीडितहरूलार्इ नेपाली रूपैया ९५ हजार भन्दा बढिको सहयोग गरेको छ । संघले नेपालमा विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि जम्मा रु,९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । संघले सो रकम पाँचथर, धनकुटा र मोरङका ३ जना बिरामीहरूलार्इ काठमाण्डाैंको सिनामंगल स्थित मिठो नेपाली खाजा घरमा ‘वलिहाङ तङ्नाम’ एक कार्यक्रम गरि चेम्जोङ वंशका केन्द्रिय सल्लाहकार एवं पुर्व संचारमन्त्री रकम चेमजोङको हातबाट दामासाहीले वितरण गरिएको कुरा थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतका अध्यक्ष दुर्गा चेम्जोङ “उदेख साइला” ले तितोपाटी डट कम लार्इ जानकारी गराएका छन् ।

सो सहयोग रकम थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले संघका पदाधिकारी एवं सदस्यहरू लगायत कुवेतको नेपाली समाजमा कृयाशील सहयोगी मनहरूबाट संकलन गरि पठाएको थियो ।

जनही ३१७६५।-  अक्षेरूपी एकतीस हजार सात सय पैंसठी रूपैयाँका दरले हस्तान्तरण गरिएको उक्त सहयोग रकम पाँचथर स्याब्रुम्बा निवासी स्तन क्यान्सरबाट पीडित २७ वर्षीया सीता लिम्बु, धनकुटा चाैबिस निवासी मृगाैला पीडित ३२ वर्षीया बिष्णु लिम्बु र मोरङ पत्थरी शनिश्चरे – ३ निवासी मृगाैला पीडित ४१ वर्षीया बिकास चेम्जोङलार्इ  हस्तान्तरण गरिएको हो ।

स्मरण रहोस, अाफ्नो जातीय हक, हित तथा संस्कार, परम्परा, भाषा, लिपि संरक्षण हेतु सन २०१६ मा कुवेतमा गठन भर्इ कृयाशिल रहँदै अाएको थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले यस अघि पनि बिभिन्न किसिमले पीडित भएका नेपालीहरूलार्इ सहयोग गर्दै कर्मभूमि कुवेतमा सामाजिक सेवाका कार्यहरू गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...