Friday 31st July 2026

बैतडीमा मेला हेर्न गएका एकको भीरबाट लडेर मृत्यु अन्य ३ जना घाइते


तितोपाटी – बैतडीमा मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्। सिगास गाउँपालिका–३, को भुमिराज मन्दिर डुडैमा लागेको मेला हेर्न गएका सिगास गाउँपालिका–५, का १९ वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हाे। उनीहरु राती अध्यारोमा भाग्ने क्रममा लडेको हुन सक्ने प्रहरी अनुमान छ। घाइतेको अवस्था भने समान्य रहेको छ।

मंगलबार राती करिब साढे ११ बजे मन्दीर भन्दा करिब डेढ सय मिटर पर जुवातास खेलिरहेका बेला प्रहरी आएको हल्ला फैलिएपछि भाग्ने क्रममा भीरबाट खसेर चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।

घटनापछि पाटन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वकाे प्रहरी टोली घटनास्थल गएको र मृतककाे शव पोष्टमार्टमको लागि ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...