Saturday 7th March 2026

लुम्बिनीमा पहिलो पटक त्रिपिटक वाचन, १३ देशका ५०० भन्दा बढी भिक्षु सहभागी


तितोपाटी – बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक त्रिपिटक बाचन सुरु भएको छ। धार्मिक वातावरण निर्माण तथा पर्यटन प्रवद्र्धनका लागि त्रिपिटक वाचन गरिएको हो। बुद्ध धर्ममा त्रिपिटक वाचन महत्वपूर्ण मानिन्छ। त्रिपिटक बौद्ध धर्मको मुख्य धर्मग्रन्थ हो। त्रिपिटकका तीनभाग मध्ये महत्वपूर्ण सुत्तहरु मात्रै वाचन हुनेछन्। त्रिपिटकमा अभिधम्मपिटक, सुत्तपिटक र विनयपिटक छन्। बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र महापरिनिर्माण गरेको स्थान कुशीनगरमा विगत डेढ दशकअघिदेखि नै त्रिपिटक वाचन हुदै आएको थियो।

लुम्बिनीमा पहिलो पटक अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्धिष्ट सोसाइटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा त्रिपिटक वाचन आयोजना गरिएको हो। बुधबार बिहानबाट सुरु भएको त्रिपिटक वाचन शुक्रबार साँझसम्म चल्ने छ। त्रिपिटक वाचनमा १३ देशका करिब पाँच सय भिक्षु सहभागी छन्। पहिलो दिन महासमय सुत्त र वेसन्तर जातक वाचन भएको छ। बुद्धकालमा रोहिणी नदीको पानीको विषयमा भएको विवाद मिलाउने बुद्ध कपिलवस्तु आएका वखत गरेको उपदेश उक्त सुत्तमा रहेको छ। बुद्धले काटमारमा उत्रिनै लागेका शाक्य र कोलिवंशीय व्यक्तिलाई धर्मदेशना गरी भिक्षु गणमा ल्याएका थिए। सोही उपदेशको लुम्बिनीमा भिक्षुले वाचन गरेका हुन्।

लुम्बिनीस्थित मायादेवी परिसरमा तीन दिनसम्म हुने पिटक वाचनमा नेपालसहित भारत, चीन, थाइल्याण्ड, लाहोस्, बर्मा, श्रीलंका, जापान, कम्बोडिया, कोरियालगायत १३ देशका भिक्षु सहभागी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए। ‘यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ, उनले भने, ‘आगामी वर्षदेखि विकास कोषकै आयोजनामा त्रिपिटक वाचन हुनेछ।’ बुद्धजन्मस्थल भए पनि लुम्बिनीमा धार्मिक वातावरण नभएको आरोप लाग्ने गरेको छ। ‘धार्मिक वातावरण निर्माण र पर्यटक आवागमन बृद्धिका लागि त्रिपिटक उच्चारण कार्यक्रम आयोजना गरिएको हो’, उनले भने, ‘यसले लुम्बिनीलाई विश्वमा चिनाउनका लागि महत्वपूर्ण भूमिका खेल्दछ।’

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले धार्मिक वातावरण सिर्जन गर्न र नेपालमा त्रिपिटकको महत्व बुझाउनका लागि यो कार्यक्रम महत्वपूर्ण रहने बताए। ‘बुद्धधर्म र त्रिपिटको बारेमा लुम्बिनी क्षेत्रको समुदाय तथा नेपाली नै अनविज्ञ छन्’, उनले भने, ‘र्धामक क्रियाकलापले लुम्बिनीको गरिमालाई अझै वृद्धि गर्छ।’
त्रिपिटक वाचनअघि लुम्बिनीस्थित शान्तिदीपबाट त्रिपिटक सहितका शान्ति र्‍याली निकालिएको थियो। त्रिपिटक ग्रन्थलाई डोलीमा चढाई मायादेवी मन्दिर परिक्रमा गराइएको थियो।

वाचनमा सहभागी भिक्षुहरुले ग्रन्थका महत्वपूर्ण सुत्तहरु आ–आफ्नो भाषामा बाचन गर्नेछन्। त्रिपिटक वाचनमा सबैभन्दा बढी १०४ जना थाइ भिक्षु रहेका छन्। थाई भिक्षु महासंघका पप्कु निग्रोधको नेतृत्वमा भिक्षु संघ लुम्बिनी आएको हो।

वाचन अभि बोल्दै नेपालका लागि थाइल्याण्डका राजदूत भगवत ताङसकुनले लुम्बिनीको विकासका लागि नेपालसँगको साझेदारी बढाउन तयार रहेको बताएका छन्। लुम्बिनी विश्वकै धार्मिक केन्द्र भएको भन्दै उनले त्रिपिटक वाचनले यसको महत्व झन् बढाएको बताए। त्यस्तै प्रदेश सांसद फकुरुद्धिन खानले लुम्बिनी र आसपासको क्षेत्रमा धार्मिक वातावरण बनाउन आवश्यक रहेको बताए।

बुद्धले आफ्नो ४५ वर्षे धर्मदेशनामा दिएका उपदेश पिटकमा समावेश गरिएका छन्। तीनै उपदेशको अध्ययनपछि नै बौद्ध दर्शनको उदय भएको हो। भारतको बोधगया, कुशिनगरमा निन्तर त्रिपिटक वाचनले नै धार्मिक वातावरण माथि रहेको बताइन्छ। कार्यक्रममा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाको सहभागिता रहेको छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...