Saturday 7th March 2026

उदयपुरकी १३ वर्षीया एल्जिना बलात्कार पछि हत्या प्रकरणः प्रहरीले पहिचान गर्यो अारोपी


तितोपाटी – चार दिनअघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको हत्याराको पहिचान भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी एल्जीना खड्काको शव अर्धनग्न अवस्थामा भोलिपल्ट आइतबार फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको आफन्तको दावी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि पक्राउ ६ किशोरमध्ये २ जनाले आरोप स्वीकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

संलग्नताको आशंकामा सोमबार पक्राउ परेका छिमेकी ५ किशोरको बयान अनुसार मंगलबार बिहान थप १ किशोर पक्राउ परेका थिए। उनीहरुमध्ये १५ वर्षीय किशोर मुख्य दोषी र अर्का १७ वर्षीय किशोर मतियार भएको खुलेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। ‘हामीले हत्यामा संलग्नताको आशंकामा घट्नास्थल पुगेको टोलीले नियन्त्रणमा लिएर ल्याएका ५ किशोरहरुमाथि सोधपुछ गर्दा’ उनीहरुको बयानका आधारमा अर्का १५ वर्षीय किशोर मंगलबार बिहान नियन्त्रणमा लियौं, सोधपुछको क्रममा उनीसहित २ किशोरले अपराध स्वीकार गरेका छन्’ एसपी रार्इले भने । प्रहरीले दोषी निश्चित भइसके पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अपराधीलाई अहिले नै सार्वजनिक गरेको छैन।

बालिकाको शव बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गर्न पठाइएको थियो। जिल्ला प्रहरी डिएसपी अर्जुन रानाभाट र उदयपुर अस्पतालका मेडिकल अधिकृत विजय मेहतासहितको अनुसन्धान टोलीसहित पोष्र्टमार्टमका लागि सोमबार साँझ धरान पठाइएको रिपोर्ट आइपुग्न लागेको प्रहरीले जनाएको छ। रिपोर्ट हात परेपछि लास आफन्तलाई बुझाउने तथा पत्रकार सम्मेलन गरी दोषीहरु सार्वजनिक गर्ने तयारी भईरहेको एसपी राईले बताएका छन्। स्थानीय मावि लाफागाउँमा कक्षा ९ की छात्रा एल्जीना र छिमेकी गाउँका किशोरहरुबीच चिनजान र हिमचिम भएकै पाइएको स्थानीयको भनाई छ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...