Wednesday 21st January 2026

कुवेतमा पुन भारी वर्षा हुने,साथै भोली स्कुल कलेज बन्द रहने


बसन्त थापा, कुवेत- कुवेतमा पुन भिषण वर्षा हुने भन्दै कुवेत सरकारले  भोलि अर्थात् नोभेम्बर १४ तारिख बुधवारका दिन पनि स्कुल कलेज लगाएतलाइ सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

बिगत केहि दिन देखि कुवेतमा भारि बर्षा भैरहेकोले उक्त बर्षाको क्रममा मानवीय क्षेति न्युन रहे पनि भौतिक क्षेति भने ठुलों रुपमा भएको थियो, सोहि घटनालाई मध्यनजर गर्दै कुवेत जल तथा मौसम बिज्ञान पूर्वानुमान विभागले एक अपिल जारि गर्दै तल्लो तटीय क्षेत्र तथा बाढी डुवान क्षत्रका बासिन्दालाई सतर्क रहन भनेको छ।

मौसममा बदली भएकोले आज कुवेत स्थित देशभर चिसो महसुस गरिएको छ, भने गर्मि सिजनको अन्त्या र ‘जाडो’ सिजनको सुरुवाती चरण भएकोले चिसो बढेको हो।

कुवेतमा जाडो सिजन डिसेम्बरदेखि फेब्रुअरी सम्म जारी रहने गर्दछ भने सोहि समयमा बर्षा पनि छिटफुट हुने गर्दछ।

गल्फका विभिन्न देशहरुमा समेत बदली भएको छ यो प्रणाली अझै दुइ तिन दिन जारि रहने मौसम विभागले जनाएको छ।भोलि कुवेतको विभिन्न भागमा भारि मात्रमा वर्षा हुने सम्भावना भएकोले सम्पूर्ण कुवेत बासि तथा अप्रवासीहरुलाई सतर्क हुन मौसम विभागले आग्रह गरेको छ भने उक्त बर्षामा बाढी आउने भन्दै बाढी ग्रस्त क्षेत्रमा सतर्क रहन समेत अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...