Wednesday 24th September 2025

झापामा सवारी दुर्घटना, १ जना को मृत्यु, २ जना घाइते


तितोपाटी – जिल्लाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भद्रपुर–४ स्थित झिलमिलीया पुल नजिक आज बिहान १ः३० बजे मे ४ प ७७९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र गम्भीर घाइते भएका भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशिष राईको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...