Wednesday 7th October 2026

बर्दियामा ११ वर्षीया बालिका भारतीय नागरिकबाट बलात्कृत


तितोपाटी – बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए ।

बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

‘पक्राउ परेकाहरु १६–१७ वर्षका छन् र उनीहरुले बलात्कार गरेको स्वीकार पनि गरेका छन्,’ । ‘उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ  ।’ पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...