Wednesday 7th October 2026

दाङमा नेकपाका सांसदका स्वकीय सचिवको घरमा प्रहरी छापा, थुप्रै मान्छे पक्राउ


तीतोपाटी-दाङमा प्रहरीले विभिन्न स्थानमा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ । शनिबार बिहान पश्चिम दाङका दुई स्थानमा प्रहरीले छापा मारेको छ । ती स्थानबाट २ लाख ७६ हजार रुपियाँसहित ३९ जना जुवाडे पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित रमेश चौधरी र दंगीशरण गाउँपालिका वडा नं. २ सरुवा डाँडास्थित वीरबहादुर शाह भनिने यामेन शाहको घरमा छापा हान्दा ३९ जुवाडे सहित २ लाख ७६ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

शाह सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश सांसद उत्तरकुमार ओलीका स्वकीय सचिव पनि हुन् । प्रदेश सांसद ओलीका स्वकीय सचिव शाहको घरमा छापाहानेर जुवाडेलाई पक्राउ गरे पनि शाहलाई पक्राउ नगरिएको दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले बताए ।

उनले टरिगाउँस्थित चौधरीको घरमा शनिबार बिहान २ बजेतिर छापाहान्दा १५ जना जुवाडेसहित ८७ हजार ३ सय रुपियाँ बरामद भएको बताए ।

दंगीशरण गाउँपालिका वडा नं. २ को सरुवा डाँडास्थित नेकपाका नेता शाहको घरमा छापा हान्दा २४ जना जुवाडेका साथबाट १ लाख ८९ हजार नगद बरामद भएको बताएका छन् ।

नेकपाका नेता एवम् प्रदेश सांसद ओलीका स्वकीय सचिव शाहको घरबाट ४८ थान कौडा र चौधरीको घरबाट १०४ थान तास बरामद भएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...