Saturday 11th May 2024

कुवेतमा हिजोको भारी बर्षाले २ जनाको ज्यान गयो, आज पनि अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आह्वान


हरि कृष्ण न्यौपाने- तितोपाटी डटकम- कुवेतमा केही दिन देखी परेको अप्रत्याशित बर्षाका कारण ठुलो भौतिक क्षती भएको छ।हिजो नोभेम्बर ९, शुक्रबारको बर्षाका कारण २ जनाको ज्यान गएको छ। गत बुधवारको भारी बर्षात र बाढीको कारण बिहीवार कुवेत सरकारले सरकारी बिदा दिएको थियो भने फेरी २४ घण्टा नबित्दै शुक्रबार बेलुकी ठुलो बर्षा,हावाहुरी चलेकोले जनजिबन कस्टकर हुनुको साथै ठुलो भौतिक क्षति भएको हो । 

कुवेतको अनलाईन पोर्ट आइमानमातमा  बताइए अनुसार हिजोको भारी बर्षाको कारण एक बेदुन कुवेती नागरिक र एक इजिप्सियन नागरिकको मृत्‍यु भएको हो भने सड्कमा ढल पस्नाले र अत्याधिक बर्षात पछीको बाढिका कारण धेरै सबारी साधनहरु, सडक, पुल तथा केही घरहरुमा ठुलो भौतिक क्षती भएको हो । अहिले सम्म के-कति भौतिक क्षती भएको एकिन नभए पनि पुरै कुवेतमा जन-जिबनमा असर परेको तथा सडकमा यात्रारत धेरै जना ३-४ घण्टा सम्म जाममा परेका थिए । यसै बिच कुवेत सरकारको सम्बन्धित निकाएले बढी बाढी आएका सडकहरु बन्द गराएका थिए र आपतमा परेका मनिसहरुलाई उद्दार गरेका थिए । 

कुवेत सरकारका सम्बन्धीत निकाएको आकस्मिक बैठकले  गत बुधवारको बर्षात पछी सडकमा अाएको अप्रत्यासित बाढीको कारक तत्व कमजोर सडक र ढल तथा पुलहरु रहेको भन्दै सम्बन्धित निकाएका केही प्रमुख तथा मुख्य पात्रहरुलाई निलम्बन गर्ने निर्णय गरी सकेको छ। 

यसै बिच हिजो कुवेतमा आएको ठूलो बर्षाको कारण धेरैं ठाऊमा बाढीका कारण २ जनाको मृत्यु र ठूलो भौंतिक क्षतिका भएको तथा आज पनि ठूलो पानी र हावा-हुरी आऊन सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन सबैलाई कुवेतका सम्बन्धित निकायले सचेत गराएका छन। www.titopati.com तथा कोसेली समूह कुवेत सबैलाई सुरक्षीत रहन आग्रह गर्दछ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट'…

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन…

प्रतिकृयाहरू
...