Wednesday 7th October 2026

बाँकेमा देउसी खेल्नेहरू बिच झडप हुँदा ९ जना घाइते, १० जना पक्राउ


तितोपाटी – बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन्।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन्। उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए। रासस


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर विद्यार्थीहरूले विद्यालयमा शिक्षक अभाव, अत्यधिक भीडभाड भएका कक्षाकोठा तथा जीर्ण शैक्षिक पूर्वाधारको विरोध गर्दै आन्दोलन तीव्र पारेका छन्। यो…

गैरहिन्दू मुस्लिम दम्पती पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश गरेको विषयमा पक्राउ परेका प्रियंका परियार र उनका पति असिम अन्सारीलाई इलाका प्रहरी…

काठमाडौं — नेपालमा आएको विनाशकारी ‘महाप्रलय’पछि त्रिशूली–३ए, चिलिमेलगायत जलविद्युत् आयोजनामा बेपत्ता कामदारको खोज तथा उद्धारमा नेपाली र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले…

प्रतिकृयाहरू
...