Wednesday 7th October 2026

सरकारले देवकोटाको घरलार्इ संग्रहालय बनाउने


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो जीवनकालमा बसेको निवासलाई स्मृति संग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले तिहारको लक्ष्मीपूजाको दिन आफ्नो ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् । ओलीले देवकोटा विश्वस्तरीय कवि भएको भन्दै उनको सम्मानमा यस्तो काम गर्न लागेको पनि बताएका छन् ।

उनले उल्लेख गरेका छन्, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मुल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रुपमा स्थापित गरिनेछ । जहाँ, उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् ।’

लक्ष्मी पूजाको दिन महाकवि देवकोटाको स्मृतिमा काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी भएर फर्केपछि यस्तो घोषणा गरेका हुन् । उक्त कार्यक्रममा समेत उनले कवि देवकोटा जस्ता वहुप्रतिभाशाली कवि विश्वमै कम भएको दावी गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...