Wednesday 23rd July 2025

सरकारले देवकोटाको घरलार्इ संग्रहालय बनाउने


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो जीवनकालमा बसेको निवासलाई स्मृति संग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले तिहारको लक्ष्मीपूजाको दिन आफ्नो ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् । ओलीले देवकोटा विश्वस्तरीय कवि भएको भन्दै उनको सम्मानमा यस्तो काम गर्न लागेको पनि बताएका छन् ।

उनले उल्लेख गरेका छन्, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मुल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रुपमा स्थापित गरिनेछ । जहाँ, उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् ।’

लक्ष्मी पूजाको दिन महाकवि देवकोटाको स्मृतिमा काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी भएर फर्केपछि यस्तो घोषणा गरेका हुन् । उक्त कार्यक्रममा समेत उनले कवि देवकोटा जस्ता वहुप्रतिभाशाली कवि विश्वमै कम भएको दावी गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...