Thursday 17th September 2026

कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले एक चेलीको उद्धार गर्‍यो 


तितोपाटी – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ ।

बिगत तीन महिना देखी उनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको मालिक लाई बारम्बार उपचारका लागि अस्पताल लैजान भने पनि एक पटक मात्र लगेको तर उनलाई पत्थरी भएको डाक्टरले बताएका थिए ।

पटक – पटक आफू लाई अस्वस्थ महशुस हुँदा अस्पताल लैजान भनी घर मालिक लाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताएकी छिन्। बिगत ३ महिना देखि निरन्तर तल्लो पेट दुख्ने, पत्थरीको समस्याले गर्दा निरन्तर पेट दुखिरहने र चक्कर लागेर ४ पटक ढल्दा समेत उपचार गराउन नलगेको बताएकी छिन ।

सिकिस्त बिरामी हुँदा पनि निरन्तर काम गर्नु परेको र लामो समय देखी घरमा जान्छु भनि घर मालिक लाई अनुरोध गर्दा पनि आनाकानी गर्ने गरेको बताएकी छिन । घर मालिकले भन्यो घर जाने भए आफैले टिकट लिनु पर्ने र ३ महिनाको तलब पनि छोडेर जानू पर्ने भने पछि उनी समस्यामा परेकी थिइन । उनको घरमा २ छोरा र १ छोरी छन । धन कमाउन बिदेश आएकी आमाको स्वास्थ्य अवस्था ठिक नहुदा छोरा – छोरी समेत दुखित भएका छन ।

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतको सचिब रोल बहादुर बिश्वकर्माको विशेष पहलमा कुवेती लाई पासपोर्ट दिनको लागी अनुरोध गरेको र कुवेतीले पासपोर्ट दिन सहमत भए पछि हिजो टिकट लिएर घर सम्म पुग्नको लागि बाटो खर्च समेत सस्थाले दिएको अध्यक्ष भिम बहादुर गदलले जानकारी दिएका छन ।

कुवेतको नेपाली समाजमा मात्र नभई स्वदेशमा समेत स्थापना कालदेखि नै सस्थाले उल्लेख्य कार्य गर्दै आएको छ । आफ्नो गास कटाएर भएपनि समस्यामा परेका नेपालीहरु, दुखी, गरिब, असहाय र समस्यामा परेका नेपाली चेलीबेटीको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ । स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग पनि गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका केही सरकारी अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध लगाउने नीति घोषणा गरेका छन्। अमेरिकाले ती अधिकारीहरूलाई…

हालै नेपाल सरकारले सरकारी अफिस र शिक्षा क्षेत्रमा दिएको शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने विषयमा मैले…

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणपछि लगातार चारवटा विदेश भ्रमण गर्ने तयारी भएको बताइएको छ। पछिल्लो विवरणअनुसार उनको भारत भ्रमणको…

प्रतिकृयाहरू
...