Thursday 24th September 2026

मलेसियामा नेपाली कामदारलार्इ नेपाल पठार्इदिने भनि नेपालीबाटै ठगी


तितोपाटी – मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासले मलेसियामा रहेका अवैधानिक कामदारलाई नेपाल पठाउने भन्दै रकम अशुली गरेको अभियोगमा नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेसिया बस्ने फुपु तेम्बा शेर्पामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

दूतावासले हालै जारी गरेको सूचनामा भनिएको छ, ‘अनधिकृत व्यक्तिहरुसँग अवैधानिक ढंगले विभिन्न कामको लागि कारोबार नगर्नुहुन सवैमा दूतावास अनुरोध गर्छ।’ मलेसिया सरकारले अवैधानिक भएका कामदारलाई स्वदेश फर्कनका लागि समय समयमा आम माफीको कार्यक्रम ल्याउने गरेको छ। तर अहिले त्यस्तो कुनै कार्यक्रम नभए पनि अवैधानिक भएकालाई नेपाल फिर्ता पठाउने भन्दै रकम अशुली गरेको पीडितहरुको उजुरी दूतावासमा परेका छन्।

दूतावासका अनुसार अवैध कामदार नेपाल फिर्ता गराउने अख्तियारी मलेसिया सरकारले कसैलाई पनि नदिएको प्रष्ट पारेको छ । दूतावासले अवैधानिक भएका नेपाली स्वदेश फर्कन चाहे मलेसियन इमिग्रेसन विभागमा सम्पर्क गरी दण्ड जरिवाना तिरेर जानुपर्ने बताएको छ। अवैध भएका नेपालीलाई यहि बैधानिक बाटोबाट नेपाल फर्कन दूतावासले आग्रह गरेको छ।

नेपालबाट मलेसिया गएका कामदार भिषा अवधि सकिए पनि लुकिछिपी बस्ने गर्छन। त्यस्तै एउटा कम्पनीमा काम गर्ने संझौता गरी मलेसिया जाने तर त्यो कम्पनी छाडेर सम्पर्कविहीन हुने र धेरै तलबको आशमा अरु कम्पनीमा काम गर्ने गर्दा उनीहरु अवैधानिक बन्ने गर्छन्।

दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्नसमेत अपिल गरेको छ। रोजगारदाताप्रति कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...