भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ संकलन भएको छ। हाल कोषमा कुल १४ अर्ब ८८ करोड ९० लाख रुपैयाँ बराबर रकम मौज्दात रहेको छ।
सरकारले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्न यसअघि नै १ अर्ब रुपैयाँ वितरण गरिसकेको छ।
संकलित रकममध्ये ११ अर्ब १४ करोड रुपैयाँ नौ वटा वाणिज्य बैंकमा रहेको छ भने २ करोड ४४ लाख अमेरिकी डलरभन्दा बढी रकम हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका डलर खातामा जम्मा गरिएको छ।