Friday 11th September 2026

बाढीपीडित राहत कोषमा विश्वकर्मा एकता समाज कुवेतबाट ५१ हजार बढि आर्थिक सहयोग


कुवेतमा रहेका नेपालीहरूको संस्था बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पहलमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पठाइएको छ।

प्राप्त विवरणअनुसार, कुवेतको फरवानिया शाखामार्फत ११ सेप्टेम्बर २०२६ मा १०५ कुवेती दिनार (KWD) बराबर नेपाली रुपैयाँ ५१ हजार ७६६ पठाइएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister’s Disaster Relief Fund) को खातामा जम्मा गरिएको छ।

रसिदमा उल्लेख भएअनुसार, रकम ग्लोबल आईएमई बैंक लिमिटेडको प्रधान कार्यालयमा रहेको कोषको खातामा पठाइएको छ। बिश्वकर्मा समाज नेपाल कुवेतले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरी पठाएको जनाएको छ।

विदेशमा रहेका नेपाली समुदायले विपद्का समयमा मातृभूमिप्रति देखाएको सहयोग र ऐक्यबद्धताले राहत अभियानलाई थप सशक्त बनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...